काठमाडौं- मानव अंग प्रत्यारोपणमा बिना कारण 4 कर्मचारीलाई निष्कासनपछि सुरु भएको आन्दोलनप्रति नेपाल स्वास्थ्य तथा कर्मचारी युनियनले ऐक्यबद्ता जनाएको छ। युनियनले प्रेस विज्ञप्ति जारी गरी मानव अंग प्रत्यारोपण केन्द्रमा नर्सहरुप्रति भएको अन्यायविरुद्धको आन्दोलनमा समर्थन रहेको जनाएको हो।
विज्ञप्तिमा भनिएको छ, 'श्रम ऐन, ०७४ अनुसार कर्मचारीले राखेका मागप्रति बेवास्ता गर्ने अधिकार मानव अंग प्रत्यारोपण केन्द्रका व्यवस्थापकले कहाँबाट पाउनुभयो?'
युनियनले बिनाकारण निकालिएका नर्सहरुलाई अविलम्ब पुनर्बहालीको माग गरेको छ। विज्ञप्तिमा उल्लेख छ, 'राज्यका कानुन, विधि, प्रक्रिया नमान्ने केन्द्रका निर्देशक डा पुकारचन्द्र श्रेष्ठ, 4 प्रमुख इन्दिरा प्रधान र निजहरुलाई काजमा लामो समयसम्म खटाउने स्वास्थ्य मन्त्रालय यस समस्याका प्रमुख जिम्मेवार पक्ष रहेको स्पष्ट भइसकेको छ।'
आन्दोलनका क्रममा केन्द्रका पीडित नर्सहरु सजना देउला र त्रजिना जति र 4 संघकी आजीवन सदस्य गीता बराल बिरामी भई सोही अस्पतालमा मंगलबार भर्ना हुनुपर्ने अवस्थामा पुगेको बताउँदै युनियनले अविलम्ब नर्सहरुका माग पूरा गर्न भनेको छ।
युनियनले नर्समाथि परेको अन्याय विरुद्ध नेपाल 4 संघले देशभर 4 सेवा बन्द गर्ने आह्वान गरेको स्मरण गराउँदै समस्या समाधानको अन्तिम बिन्दुसम्म साथ दिन सबै पक्षलाई आह्वान गरेको छ।