काठमाडौं- नक्कली दाँत तथा अनुहार बनाउने दन्त चिकित्सकहरुको संस्था नेप्लिज प्रोस्थोडोन्टिक सोसाइटीको पाँचौं राष्ट्रिय सम्मेलन तथा व्यापार प्रर्दशनी धुलिखेलमा हुने भएको छ। सम्मेलन आगामि पुस २८ र २९ गते हुने भएको हो।
‘प्रोस्थोडोन्सियामा डिजिटल प्रविधिलाई बढावा’ भन्ने नाराका साथ सम्मेलन हुन लागेको सम्मेलन प्रचारप्रसार प्रमुख डा प्रकाश बुढाथोकीले जानकारी दिए। उनका अनुसार सम्मेलनको पहिलो दिनको प्रथम सत्रमा कम्प्युटर एडेड डिजाइन र कम्प्युटर एडेड म्यानुफ्याक्चरिङ सम्बन्धि प्रशिक्षण तथा प्रयोगात्मक अभ्यास हुनेछ भने दोस्रो सत्रमा स्नातकोत्तर अध्ययनरत दन्तचिकित्सकहरुको प्रतियोगिताम्क पोस्टर तथा शोधपत्र प्रस्तुत हुनेछन्।
सम्मेलनको दोस्रो दिन नेपालका सहित अमेरिका, अस्ट्रेलिया, जर्मनी, स्विटजरल्यान्ड, हङकङ, बंगलादेश र भारत विज्ञले इम्प्लान्ट, नक्कली दाँत, आँखा, कान, गिजा, तार बाँध्ने उपचार लगायतका विषयमा शोधपत्र प्रस्तुत गर्नेछन्।
यसैगरी, सम्मेलनपछि हुने सोसाइटीको साधारणसभाले २ वर्षका लागि ९ सदस्यीय नयाँ कार्यसमिति समेत चयन गर्नेछ। सम्मेलनका लागि हालसम्म एक दर्जनभन्दा बढी दन्तसामग्री बिक्रेता, वितरक तथा नक्कली दाँत बनाउने ल्याबहरुले स्टल बुक गरिसकेको सोसाइटिका महासचिव डा सुरजराम भक्त माथेमाले जानकारी दिए।
डा रिनु शर्माका अनुसार सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिस्तरका गरी २ सयभन्दा बढीको सहभागिता रहनेछ।