रुपन्देही – शुद्धोदन गाउँपालिका वडा नं. २ गोपालपुर बस्ने १४ वर्षीय रिमा थारुको मुटुमा समस्या भएपछि उपचारको लागि परिवाजनले सहयोगको याचन गरेका छन् ।
ख–बनगाई मावि कक्षा ९ मा पढ्ने थारुको परिवारको आर्थिक अवस्था निकै नाजुक रहँदा उपचारमा समस्या परेको हो । बुवाको दुई वर्ष अगाडि क्यान्सर रोगबाट मुत्यु भएको पछि उनकी आमा रिता थारुले मजदुरीबाट परिवार धानिएको छ ।
आर्थिक अवस्था कमजोर रहेको परिवारमा एक्कासी छोरी रिमालाई मुटुको समस्या परेपछि कसरी उपचार गर्ने भन्ने विषयमा छटपटी भएको आमा रिताले बताइन् । उनले भनिन् श्रीमानको मृत्यु पछि जनतन मजदुरी गरेर परिवारमा दुई छाक खान पुगेको छ । ‘छोरीको मुटुको भल्बको अपरेशन गर्नु पर्छ भनेको छ डाक्टरले ७ गते अस्पतालले अपरेशनको लागि बोलाएको छ,’ रिताले भनिन् ।
काठमाडौंसम्म जाने गाडी भाँडा पनि छैन् घरमा । एक्कासी रिता मंसिर १३ गते बेहोश भएपछि उनलाई लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचारको लागि लगिएको थियो ।
त्यहाँ उपचार हुन नसकेपछि उनलाई गौतम बुद्ध मुटु अस्पताल बुटवलमा लगियो त्यहाँ पनि उपचार सम्भव नभएपछि गंगालाल हृदयरोग अस्पताल काठमा्डौंमा लगेपछि रिमालाई मुटुको अपरेशन गर्नुपर्ने डाक्टरले बताएको उनकी आमा गिता थारुले बताइन् ।
सम्पत्तिको नाममा कच्ची घर रहेको परिवारको अहिले मजदुरीको भरमा खान र लाउन पुगेकोले उपचारको लागि सहयोग गरिदिन उनले सबैमा याचना गर्दै ९८२१४६३४८९ मा सम्र्पक गर्न अनुरोध समेत गरिन्।
रिमाको परिवारको आर्थिक अवस्था कमजोर भएपछि उनले अध्ययन गर्ने ख–बनगाई माविले पनि अन्य छिमेकी विद्यालयसँग सहयोग याचान गरी सहयोग जुटाउन सुरु गरेको विद्यालयका प्रधानध्यापक गोकुलराज घिमिरेले बताए ।
विद्यालयका विद्यार्थी, शिक्षकबाट ६ हजार ६ सय रुपैयाँ उनको परिवारलाई सहयोग गरेको उनले बताए । शुद्धोदन गाउँपालिका वडा नं. १ मा रहेको शिशै माविमा पढ्ने विद्यार्थी, शिक्षक तथा कर्मचारी इको क्लबले एक दिनको खाजाको पैसा उठाएर उनलाई सहयोग गरेका छन् ।
उनको घरमा नै पुगेर इको क्लबका विद्यार्थी शिक्षक माधव ज्ञवालीले रु १९ हजार ५ सय ४ रुपैयाँ पिडित परिवालाई प्रदान गरेका थिए ।