काठमाडौं- नेपाल स्वयंसेवी रक्तदाता समाजले स्वयंसेवी रक्तदाताहरूको सञ्जाल निर्माणमा तिब्रता दिएको छ। रगतको अभाव हुन नदिन र रक्तदानको महत्व बढाउन समाजले रक्तदाताहरुको सञ्जाल निर्माणमा तिव्रता दिको हो।
समाजका अध्यक्ष प्रेमसागर कर्माचार्यले रगतको महत्त्व र रक्तदानको आवश्यकताबारे स्थानीय स्तरमा जनचेतना फैलाऊँदै युवायुवतीहरूलाई रक्तदान कार्यक्रममा आबद्ध गराउँदै लैजान सञ्जाल निर्माण शुरु गरिएको बताए।
सोही अन्तर्गत समाजले पछिल्लो पटक एभरेष्ट ग्रुप डीएक्सएन इकाई तदर्थ समिति गठन गरेको छ । समितिमा पुकार छन्त्याललाई संयोजक बनाइएको छ । यसैगरी, उपाध्यक्ष भिमसेन बस्नेत, सचिव रेश्मा लामिछाने र कोषाध्यक्ष डिल्ली कुमार राई छन् । सदस्यहरूमा पहल सिङ्ग रावल, नीर बहादुर मगर र राजु लामा छन् ।