गौशाला- सम्बन्धित निकायको लापर्वाहीका कारण महोत्तरी जिल्ला अस्पताल गौचरनमा परिणत भएको छ । अस्पतालको चारैतिर फोहरमैला र दुर्गन्ध फैलिएको छ।
जिल्ला अस्पतालका दुई बिगाहाभन्दा बढीको परिसरमा चारैतिर गाईवस्तु, सुँगुरबंगुरको मलमूत्र, खर, पराल, झारपात, पातपतिङ्गर र अन्य विभिन्न ठोस फोहर वस्तु जताततै देखिन्छ भने शौचालयमा दिसापिसाब माथिसम्म भरेर वरिपरि फैलिएकाले अस्पताल परिसर दुर्गन्धित भएको छ।
अस्पताल परिसर तथा अस्पतालका शौचालय र अन्य उपचार गर्ने स्थानमासमेत रहेका फोहरमैला र दुर्गन्धले यहाँ बिरामी भई उपचार गराउन आउने थप बिरामी हुने सेवाग्राहीको गुनासो छ।
सम्बन्धित सरोकारवालाले उचित ध्यान नपु¥याउँदा करोडौंको लागतमा निर्माण गरिएको सुविधा सम्पन्न अस्पतालमा बिरामीले स्तरीय उपचार पाउनाको साटो थप बिरामी हुनु परेको छ । रासस