काठमाडौं- ग्रान्डी अस्पतालमा जोर्नी प्रत्यारोपण परिवारको प्रथम भेला तथा अन्तरक्रिया भएको छ।
अस्पतालको अर्थोपेडिक तथा ट्रमाटोलोजी विभाग अन्तर्गतको जोर्नी प्रत्यारोपण, स्पोर्ट्स मेडिसिन तथा आर्थ्रोस्कोपी युनिटले आयोजना गरेको सो भेलामा जोर्नी प्रत्यारोपण गरेका बिरामीहरु र जोर्नी प्रत्यारोपणमा सहभागी चिकित्सक तथा 4 स्टाफहरुको सहभागिता थियो।
भेलामा सो अस्पतालमा जोर्नी प्रत्यारोपण गराएका बिरामीहरुले आफ्ना अनुभव सुनाएका थिए।
'जोर्नी प्रत्यारोपणपछि हामी अपांगताबाट मुक्त भएर सहज रुपमा हिँडडुल गर्न सक्ने भएका छौं', दुई वर्षअघि ग्रान्डीमा जोर्नी प्रत्यारोपण गराएकी काभ्रेकी ६८ वर्षीया सन्चमाया तामाङले सुनाइन्।
ग्रान्डी अस्पतालका मेडिकल डाइरेक्टर तथा वरिष्ठ हाडजोर्नी, आर्थ्रोस्कोपी, स्पोर्ट्स मेडिसिन तथा जोर्नी प्रत्यारोपण विशेषज्ञ डा. चक्रराज पाण्डे नेतृत्वको टिमले सो अस्पतालमा पाँच वर्षदेखि जोर्नी प्रत्यारोपण गर्दै आएको छ।