विराटनगर– डा गोविन्द केसीको रिहा गर्नुपर्ने माग गर्दै आज यहाँ कोणसभाको आयोजना गरिएको छ।
नागरिक समाजद्वारा विराटनगरको ट्राफिक चौकमा भएको कोण सभामा विभिन्न संघसंस्थाका प्रतिनिधिले प्लेकार्ड बोकी डा केसीको अविलम्ब रिहा गर्नुपर्ने माग गरेका छन् ।
सभामा शान्ति समाज मोरङका डिकप्रसाद घिमिरे, नागरिक समाजका प्रा डिल्ली प्रसाईं, एलिट क्लबका राधाप्रसाद घिमिरे, पब्लिक फोरमका उत्तम ढुंगेल, युवानेता ओसिम आलम, नेपाल पत्रकार महासंघ मोरङका सचिव अर्जुन आचार्य र समाजका दिनेश श्रेष्ठलगायतले डा केसीले चालेको आन्दोलनमा आफूहरुको समर्थन रहेको बताए। रासस