काठमाडौं- आन्दोलनरत नर्सहरुले एक घन्टा काम छोडेका छन्। उनीहरुले आज बिहान १० बजेदेखि ११ बजेसम्म अस्पतालबाहिर निस्किएर काम छाडेका हुन्। जसका कारण देशैभरि 4 सेवा ठप्प भएको छ।
त्रिवि शिक्षण अस्पताल, वीर, गंगालाल जस्ता ठूला अस्पतालका नर्सहरुले १० बजे नै काम छाडेको निस्किएको नर्स दुर्गा सापकोटाले जानकारी दिइन्।
घोषित आन्दोलन अनुसार उनीहरुले बुधबारदेखि नै हातमा कालोपट्टी बाँधेर सेवा दिइरहेका थिए।
११ बुँदे माग अघि सार्दै नेपाल 4 संघको आह्वानमा नर्सहरु आन्दोलनमा छन्। उनीहरुले ३० गतेसम्म सबै अस्पताल र शैक्षिक संस्थामा एक घन्टासम्म ड्युटी छाड्ने निर्णय गरेका छन्।
उक्त अवधिमा पनि माग पूरा नभए माघ १, २ र ३ गते १० देखि १ अर्थात् ३ घन्टा ड्युटी छाड्ने उनीहरुले चेतावनी दिएका छन्। त्यसैगरी ४, ५ र ६ गते सबै अस्पताल र शैक्षिक संस्थामा ८ देखि ४ बजेको सिफ्टमै ड्युटी नजाने र माघ ७ गते २४ घन्टा नै ड्युटी छाडेर स्वास्थ्य मन्त्रालयमा धर्ना दिने कार्यक्रम तय भएको सापकोटाले बताइन्।
उनीहरुले मानव अंग प्रत्यारोपण केन्द्रबाट निष्काशन गरिएका 4 कर्मचारीहरुलाई बिनासर्त अविलम्ब पुनर्बहाली, अधिकारसहितको 4 सेवा महाशाखा पुनर्स्थापना, जनतालाई गुणस्तरीय 4 सेवा दिन नेपाल सरकारले बनाएको 'नर्स बिरामीको अनुपात' सबै अस्पतालमा यथाशीघ्र लागू गरिनुपर्ने लगायतका माग राखेका छन्।
यस्ता छन् माग
१. मानव अंग प्रत्यारोपण केन्द्रबाट निष्कासन गरिएका 4 कर्मचारीहरुलाई बिनासर्त अविलम्ब पुनर्बहाली गरियोस्।
२. अधिकारसहितको 4 सेवा महाशाखा पुनर्स्थापना गरियोस्।
३. जनतालाई गुणस्तरीय 4 सेवा दिनका लागि नेपाल सरकारले बनाएको 'नर्स बिरामीको अनुपात' सबै अस्पतालमा यथाशीघ्र लागू गरियोस्।
४. नेपाल सरकारका नर्सहरुलाई उपलब्ध गराइरहेको न्यूनतम तलबभत्ता सरह विभिन्न निजी स्वास्थ्य संस्थामा कार्यरत नर्सलाई पनि तहगत हिसाबबाट उपलब्ध गराइयोस्।
५. भोलेन्टियरका नाममा भएको नर्सको श्रमशोषण बन्द गरियोस्।
६. सार्वजनिक, निजी र साझेदारी क्षेत्रको सहकार्यलाई प्रवर्धन गरी स्कुल तथा उद्योगहरुमा गुणस्तरीय 4 सेवा पुर्यामउने व्यवस्था गरियोस्।
७. सरकारी तथा निजी क्षेत्रमा कार्यरत नर्सहरुलाई लुगा भत्ता, रात्रिकालीन भत्ता, बिदा सुविधा र जोखिम भत्ता गरी सोही अनुरुप निजी स्वास्थ्य संस्थामा पनि सोही अनुपातमा लागू गरियोस्।
८. दुर्गममा काम गर्ने नर्सहरुलाई उचित पारिश्रमिक र सुरक्षाको प्रत्याभूति गरियोस्।
९. योग्यता पुगेका 4 कर्मचारीलाई वृत्ति विकासका लागि प्रस्ट खाका तयार गरियोस्।
१०. योग्यता पुगेका अनमीलाई स्टाफ नर्स, स्टाफ नर्सलाई ब्याचलर 4, ब्याचलर 4लाई मास्टर 4 र मास्टर 4लाई पिएचडीसम्म तलबी अध्ययन बिदाको व्यवस्था गरियोस्।
११. श्रम ऐन, २०७४ सबै स्वास्थ्य क्षेत्रमा यथाशिघ्र लागू गरियोस्।