काठमाडौं– नेपाल स्वयंसेवी रक्तदाता समाज ललितपुर शाखाको प्रथम जिल्ला अधिबेशनले नयाँ कार्यसमिति चयन गरेको छ।
नवीन महर्जनको अध्यक्षतामा चयन भएको कार्यसमितिको उपाध्यक्षमा राजु महर्जन, सचिवमा राजन महर्जन र कोषाध्यक्षमा सुवास तुलाधर चुनिएका छन्।
सदस्यहरूमा सुरेश महर्जन, अनु महर्जन, गंगा महर्जन, अनन्तप्रसाद श्रेष्ठ, निरोज महर्जन, अशोक महर्जन र राजीव पन्थ चयन भएका छन्। नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले कार्यसमिति पादिधकारीलाई सपथ खुवाएका थिए।