काठमाडौं- हेल्थ असिस्टेन्ट संघ नेपाल (हान) ले यही माघमा पहिलो राष्ट्रिय सम्मेलन तथा प्रशिक्षण कार्यक्रम आयोजना गर्ने भएको छ।
आगामी माघ २१ र २२ गते काठमाडौंमा हुने सम्मेलनले हेल्थ असिस्टेन्टहरूको वृत्ति विकास, संघीयतमा कर्मचारी समायोजन आदिबारे प्रशिक्षण दिइने संघका कार्यवाहक अध्यक्ष दीर्घबहादुर बोगटीले बताए।
५ सयभन्दा बढीको सहभागिता रहने प्रशिक्षण कार्यक्रममा संघीयतामा हेल्थ असिस्टेन्टको दरबन्दी र उच्च शिक्षाबारे छलफल हुने बोगटीले जानकारी दिए।
देशभर ८ हजारको संख्यामा हेल्थ असिस्टेन्ट छन्।