काठमाडौं- योग तथा प्राकृतिक चिकित्सक संघले डा जनकबहादुर बस्नेतको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
संघको ९औं वार्षिक साधारणसभाले नयाँ कार्यसमिति चयन गरेको हो। संघको प्रथम उपाध्यक्षमा डा दिनेश राई र द्वितीय उपाध्यक्षमा डा यन्जन गैरे निर्वाचित भएका छन्। यस्तै, महासचिव डा रविन श्रेष्ठ, सचिव डा दीपा थापा र कोषाध्यक्ष डा चेतना पौडेललाई चयन गरिएको छ।
संघको केन्द्रीय कार्यालय बाँसबारीमा भएको कार्यक्रममा डा चेतना पौंडेलले आर्थिक प्रतिवेदन पेश गरेकी थिइन् भने प्रगति विवरण डा यन्जन गैरेले प्रस्तुत गरेका थिए।
संघले माघ १ गते राष्ट्रिय योग दिवसका अवसरमा रत्नपार्कबाट बिहान ७ बजे प्रभातफेरी कार्यक्रम गर्ने भएको छ।
यस्तै, बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म रक्तदान कार्यक्रम राखिएको नवनिर्वाचित उपाध्यक्ष डा गैरेले जानकारी दिए।