काठमाडाैं– नेपालका मेडिकल विद्यार्थीको आयोजनामा दक्षिण एसियामै पहिलोपटक एशियाली मेडिकल विद्यार्थी अन्तर्राष्ट्रिय सम्मेलन ३१आँै इएएमएससी–२०१८ काठमाडौंमा हुने भएको छ।
मंगलबार त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानमा आयोजित पत्रकार सम्मेलनमा आगामी माघ ७ देखि १२ गतेसम्म चल्ने सम्मेलनमा नेपाल र विदेशका मेडिकल विद्यार्थी सहभागी हुने जानकारी दिइयो।
३१आैं इएएमएससी–२०१८ सम्मेलनका अध्यक्ष डा. सन्तोष उपाध्यायल यो मेडिकल विद्यार्थीले गर्ने सबैभन्दा ठूलो सम्मेलन भएको बताए। उनँले वर्षको दुईपल्ट हुने यस प्रकारको सम्मलेनको यस पटकको विषयवस्तु ‘मातृ तथा नवजात शिशु स्वास्थ्य’ रहेको बताए। उनले भने, ‘एसियाली देशमा रहेका मेडिकल विद्यार्थीहरुले आफ्नो देशमा भइरहको अध्ययापन विधि, सिकाई प्रक्रियाबारे आपसमा अन्तरक्रिया गर्नेछन्,स्वास्थ्य सम्बन्धी विभिन्न समस्यामाथि छलफल गरी समाधानका उपाय निकाल्ने, एकअर्काको ज्ञान साटासाट गर्नु सम्मलेनको उद्देश्य हो।’
सम्मेलन गर्ने पहिलो एसियाली मुलुक नेपाल भएकाले महत्वपूर्ण अवसर रहेको अध्यक्ष उपाध्यायले बताए । अन्य देशका मेडिकल विषय अध्ययनरत विद्यार्थीसँग अन्तरक्रिया हुने हुँदा नेपाली मेडिकल विद्यार्थीलाई सिक्ने अवसर हुने बताए।
स्वास्थ्य मन्त्रालय, त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान शिक्षण अस्पताल, 11 संगठनको समवन्यमा सम्मेलन हुन लागेको हो । सम्मेलनमा विभिन्न राष्ट्रका विद्यार्थीले तयार पारेका आठवटा अनुसन्धानात्क कार्यपत्र, दृश्य सामाग्री पनि प्रस्तुत हुनेछन्।
सम्मलेनमा बालरोग विशेषज्ञ रमेशकान्त अधिकारी, 11 संगठन नेपालकी डा. मिरा थापा, स्त्रीरोग विशेषज्ञ डा. पद्मराज पन्त र डा. अर्चना अमात्य, बालरोग विशेषज्ञ डा. सुधा बस्नेत, रक्तरोग विशेषज्ञ डा. विशेष पौडेल, क्यान्सर रोग विशेषज्ञ डा. विशाल ज्ञवाली लगायतका चिकित्सकको विशेष प्रशिक्षण पनि रहनेछ।
सम्मेलनमा भारत, बंगलादेश, थाइल्याण्ड, जापान, सिंगापुर लगायत १६ राष्ट्रका मेडिकल विद्यार्थीको सहभागीता हुनेछ।