काठमाडौं– नर्सहरुको आन्दोलनमा स्वास्थ्यकर्मी युनियन नेपालले ऐक्यबद्धता जनाएको छ । 4 सेवाका कर्मचारीहरुको हकहितका लागि युनियनले स्थापनाकालदेखि आवाज उठाइरहेको भन्दै प्रेस विज्ञप्ति जारी गर्दै साथ दिने जनाएको हो ।
4 महाशाखा पुनस्र्थापना, तहगत जेष्ठताका आधारमा जिम्मेवारी, अध्ययन, तालिम र समूहगत विभेदका विरुद्ध आवाज उठाउँदै आएको महासचिव दिपक घिमिरे हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ । भनिएको छ, ‘संघको आन्दोलनमा हाम्रो ऐक्यवद्धता छ । नर्सहरुका माग तत्काल सम्बोधन गरेर स्वास्थ्य सेवा सहज बनाउन स्वास्थ्य मन्त्रालयसँग अनुरोध गर्दछौं।’
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।