प्रश्न : म २५ वर्षकी अविवाहित महिला हुँ। मेरो महिनावारी अनियमित हुनेगर्छ। महिनावारी कहिले चाँडै र कहिले निकै ढिला हुने गरेको छ। साथै महिनावारी भएको समयमा सार्है पेट दुख्ने गरेको छ। – सुनिता, पाल्पा
उत्तर : सुनिताजी, तपाईको महिनावारी अनियमित भएको पहिलादेखि नै हो कि हाल आएर भएको हो, खुलाउनु भएको भए राम्रो हुने थियो। हाल आएर यस्तो समस्या उत्पन्न भएको हो भने हर्मोनका कारण हुन सक्छ। कुनै पनि भित्री रोग, शारीरिक तथा मानसिक तनावका कारण पनि महिनावारीमा अनियमितता हुनसक्छ। कुनै पनि किसिमको तनाव, राम्रो खानपान, बाहिरी वातावरण, जीवनशैलीमा परिवर्तन, हर्मोनको परिवर्तन, पाठेघरमा मासु पलाएर जस्ता कारणले महिनावारी अनियमित हुन्छ। कुनै पनि प्रकारको औषधि सेवन गरिरहनु भएको छ भने औषधिको प्रभावले पनि कहिलेकाही यस्तो समस्या हुन्छ। त्यसकारण एकपटक समयै पाठेघरको जाँच गरि के कारणले भएको हो पत्ता लगाई उचित उपचार गरेमा तपाईको समस्याको समाधान हुन्छ।
- डा. ज्योति अग्रवाल