नेपालगन्ज- बाँकेको राप्तीसोनारी गाउँपालिका–८ शम्शेरगन्जमा सर्पदंश उपचार केन्द्र भवन निर्माण हुने भएको छ।
रु ३० लाखको लागतमा निर्माण हुने उक्त केन्द्रको आज प्रदेशसभा सदस्य कृष्णा केसीले शिलान्यास गरे।
भवन निर्माणका लागि राप्तीसोनारी गाउँपालिकाले तत्काल रु १५ लाख बजेट विनियोजन गरिएकोे छ । बाँके राष्ट्रिय निकुञ्जको मुख्यालय ओभरी अगाडि सो भवन निर्माण हुन लागेको हो। रासस
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।