कैलाली- टीकापुरमा संघीयतामा जनस्वास्थ्य व्यवस्थापन सम्बन्धी दुई दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
संघीयतामा स्थानीय तहमा स्वास्थ्य सम्बन्धी देखिने समस्या, चुनौती र अवसर लगायतका विषयमा जानकारी गराउन प्रदेश ७ मा कैलाली जिल्ला जनस्वास्थ्य कार्यालयले गोष्ठी आयोजना गरेको हो।
गोष्ठीमा कैलालीको एक उपमहानगरपालिका, ६ नगरपालिका र ६ गाउँपालिकाका स्वास्थ्य संयोजक र सह–संयोजकको सहभागिता थियो।
गोष्ठीमा कैलालीका वरिष्ठ जनस्वास्थ्य प्रशासक टंक चापागाई, जनस्वास्थ्य निरीक्षक महेश चन्द, परिवार नियोजन सुपरिवेक्षक सूर्य विष्ट, एएचएफ नेपालका माधव पन्त, सेभ द चिल्ड्रेनका केशव भट्ट, सुआहारका नरबहादुर विश्वकर्मा, जिआइजेडका तीर्थ सिनाहा लगायतले सहभागीलाई प्रशिक्षण दिएका थिए।