काठमाडौं– भारतले आफ्नो स्वतन्त्रता दिवसको अवसरमा नेपालका सामाजिक संघसंस्था र अस्पताललाई बस तथा एम्बुलेस प्रदान गरेको छ । ३९ औँ गणतन्त्र दिवसको अवसरमा शुक्रबार भारतीय दूतावासमा आयोजित कार्यक्रममा नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरी सामाजिक संस्था र अस्पताललाई ६ बस र ३० एम्बुलेन्स तथा शैक्षिक सामग्री प्रदान गरेका थिए ।
कार्यक्रममा पुरीले नेपाली नागरिक डा सन्दुक रुइतलाई पद्मश्री सम्मान प्रदान गर्ने निर्णय भएको जानकारी गराएका थिए । विशेष समारोहको आयोजना गरी रुइतलाई सम्मान गरिने पुरीले बताए ।
कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा मन्त्रिपरिषद्का सदस्य, सांसद, पूर्वप्रधानमन्त्री, पूर्वउपप्रधानमन्त्री, पूर्वमन्त्री, विभिन्न राजनीतिक दलका नेतालगायतको उपस्थिति रहेको थियो ।