काठमाडौं - देउराली जनता फर्मास्यिुटिकल्सको आप्mनो २७ औं बार्षिकोत्सवको पुर्वसंन्ध्यामा ‘देउरालीयन्स रन’ म्याराथन दौड प्रतियोगिताको आयोजना गरेको छ।
कम्पनीमा कार्यरत अधिकांस कर्मचारी सहभागितामा काठमाण्डौको हात्तिसार, कमलपोखरीबाट सुरु गरी कम्पनीको कारखाना कार्यालय, टोखा नगरपालिका वडा नं. ४ धापासीमा प्रतियोगिताको समापन गरियो । उक्त दौडमा प्रतियोगितामा कम्पनिका १ सय २५ कर्मचारिहरु सहभागि थिए।
प्रतियोगितामा पुरुषतर्फ सुरज खड्का, बिवेक चन्द्र राई र अर्जुन लुइँटेलले क्रमश : प्रथम, द्वीतिय र तृतिय भए भने महिलातर्फ दीपा श्रेष्ठ, रुपा श्रेष्ठ र लक्ष्मी श्रेष्ठले क्रमश प्रथम, द्वीतिय र तृतिय भए। कम्पनीद्वारा आयोजना हूने २७ औंं वार्षिकोत्सवको कार्यक्रम आगामी २०७४ माघ १६ गते मंगलबार हुनेछ।