भद्रपुर- झापाको भद्रपुर नगरपालिकामा सञ्चालित ‘नागरिक एफएम’को सक्रियतामा संकलित एक लाख २१ हजार २ सय ३० रुपैयाँ मिर्गौलापीडित पत्रकार माया पकुवाललाई आज हस्तान्तरण गरिएको छ।
झापाबाट प्रकाशन हुँदै आएको ‘वरुण’ साप्ताहिक पत्रिकाकी प्रधान सम्पादक पकुवाल करिब तीन महिनादेखि दुबै मिर्गौला खराब भएर उपचाररत रहेकोले सहयोगस्वरुप सो रकम हस्तान्तरण गरिएको हो।
उनलाई उपचारमा सहजताका लागि जिल्लामा रहेका विभिन्न संघसंस्था, समाजसेवी र वैदेशिक रोजगारमा रहेका युवाले सहयोग रकम जुटाइरहेका छन्।
रकम हस्तान्तरण गर्दै एफएमका प्रबन्ध निर्देशक चिन्तामणि दाहालले पकुवालको शीघ्र स्वास्थ्य लाभको काम गरे। पीडित पत्रकारको दुवै मिर्गौला प्रत्यारोपण गर्नुपर्ने चिकित्सकले सल्लाह दिएका छन्। रासस