ग्याष्ट्राइटिसका बिरामीहरू उपचारका लागि आउने, देखाउने र औषधि लिने गर्छन । त्यसमध्ये कतिपयको रोग निको हुन्छ भने कतिपयमा पुनः बल्झिने अवस्था देखा पर्छ । औषधि लिउञ्जेल ठीक हुने र सकिएपछि फेरि दुखाई सुरु हुने कारणले धेरै बिरामी पिरोलिएका छन् । पूर्ण रुपमा निको नहुनेहरूले रोगको कारण पत्ता लगाउन निकै दुःख पाइरहेको हामीले देखेका छौं । त्यसका लागि ‘इण्डोस्कोपिक अल्ट्रासाउण्ड’ नाम प्रविधि हाम्रा लागि उपयोगी हुन्छ । ईयुएस. अर्थात् इण्डोस्कोपिक अल्ट्रासाउण्ड मेसिन पेटभित्रका कतिपय रोगहरूको सही पहिचानका लागि भरपर्दो प्रविधि मानिएको छ ।
के हो इण्डोस्कोपिक अल्ट्रासाउण्ड?
सामान्यतया अल्ट्रासाउण्ड शरीर बाहिरबाट गरिन्छ । तर इण्डोस्कोपी भने शरीरभित्रको रोगको अवस्था पत्ता लगाउने प्रविधि हो । इण्डोस्कोपिक अल्ट्रासाउण्डमा भने इण्डोस्कोपीमै अस्ट्रासाउण्ड मेसिन जडान गरिएको हुन्छ । ईयुएसकै सहयोगले पेटभित्रै इण्डोस्कोपी गर्न सक्छौं जसबाट धेरै रोग पत्ता लगाउन सकिन्छ । नर्भिकमा हामीले करिब दुई वर्षदेखि यो सेवा दिइरहेका छौं । भुकम्प लगायतका कारणले भने बीचमा केही समय काम गर्न सेवा दिन असहज भएको थियो ।
ईयुएस प्रविधिबाट रोग पहिल्याउँदा पेट दुख्नेसम्बन्धी धेरै बिरामीहरू लाभान्वित हुने देखिन्छ । नेपाली समाजमा ‘ग्याष्ट्राइटिस’लाई सामान्य ठान्ने र यो सधै भइरहने प्रक्रिया हो भनेर बुझ्ने चलन छ । ‘ग्यास्ट्राइटिस’को सन्दर्भमा यसले पेटको दाँयाबाँया भागको माथिपट्टि दुःख दिएको हुन्छ । त्यसैगरी नाईटो वरपरको भाग पनि दुख्यो भने ‘ग्यास्ट्राइटिस’ को शंका गरिन्छ ।
रोग पहिचानमा ‘इण्डोस्कोपिक अल्ट्रासाउण्ड’
ग्यास्ट्राइटिसले पीडित केही बिरामीमा साझा लक्षण देखा पर्छ । पेट दुख्छ, ग्याष्ट्रिकको औषधि खान थाल्यो, केही समय ठीक हुन्छ । अनि फेरि रोग बल्झिन्छ । लामो समय औषधि सेवन गर्दासमेत रोग निको नभएको कारण पहिल्याउने क्रममा नया तथ्य फेला प¥यो । पेटको रोग लाग्ने, तर कारण थाहा नहुनेमध्ये करिब २० प्रतिशतलाई ‘क्रोनिक प्याङक्रियाटाईटिस’ भएको भेटियो । यिनीहरू त पहिलेदेखि नै संक्रमण भएर बसिरहेको रहेछ । हामीले ‘इण्डोस्कोपिक अल्ट्रासाउण्ड’ सुरु गरेपछि रोगको खास कारण सहजै पत्ता लाग्न थालेको छ ।
ईयुएसबाट रोगको कारण पहिचान गर्न थालेपछि करिब २० प्रतिशतमा ‘प्याङ्क्रियाटाईटिस’ भएको भेटियो । लामो समयदेखि पेटको समस्या हुनेहरूको पित्तको थैलीबाट आएको नलीमा पत्थरी भएको देखियो । त्यसका लागि हामीले उपचार सुरु गर्यौ । सधैं नै ‘ग्याष्ट्रिक’ भनेर ग्यास्ट्राइटिसको उपचार गरिरहँदा अहिले क्रोनिक प्याङक्रियाटाइटिस र पित्तथैलीको नलीभित्र ढुंगा अड्किने रोग समस्या बनेको हो । ईयुएस नभएको भए सीटीस्क्यान गराउनुपथ्र्यो । एमआरआई स्क्यान गराउनुपथ्र्यो । एमआरआईले स्क्यान नगर्ने धेरै कारणहरू हुन सक्छन् । ईयुएस आएपछि सीटीक्यान र एमआरआईले भन्दा पनि भित्री अंगको ‘भिज्युलाइज’ राम्रो हुने रहेछ ।
ईयुएसबाट बायोप्सी लिन पनि सजिलो हुन्छ । इण्डोस्कोपी गरेर हामीले पेटका अंगको बायोप्सी लिन सकिन्छ । प्याङक्रियाटाईटिस भएको मानिसको प्याङक्रियाजमा भरिने पानीको थैलीलाई पनि इण्डोस्कोपी अल्ट्रासाउण्डमार्फत ड्रेन गर्न सकिन्छ । पहिले अपरेशन नै गर्नुपथ्र्यो भने अहिले ओपीडीमा झै विरामी उपचार गरेर उही दिन सहजै घर फर्किन सक्छन् । उपचारका लािग आउने बिरामीहरू, जसलाई प्याङक्रियाजको रोग छ भन्ने शंका लागेमा हामी ईयुएसबाट परीक्षण गर्न सक्छौं । नियमित औषधि सेवन गर्दा पनि ग्यास्ट्राइटिस ठिक नभएकाहरूलाई ईयुएसबाट त्यसको खास कारण पत्ता लगाउन सकिन्छ ।
पित्तको थैलीको नलीमा ढुंगा अड्केको भए अपरेशन गर्नुपर्ने झण्झटबाट विरामी मुक्त हुनेछन् । पेटभित्रको क्यान्सरको पहिचानका लागि यो विधि निकै भरपर्दो मानिन्छ । प्याङक्रियाज, आमासय लगायतको क्यान्सरको पहिचानका लागि ईयुएस बरदान सावित भएको छ । क्यान्सरको स्तर र फैलाबटवारे पनि ईयुएसबाट सहज हुन्छ । क्यान्सर फैलिएको ठाउँको गाँठा वा गिर्खाबाट बायोप्सी लिएर त्यसको परीक्षण गर्न सकिन्छ । इण्डोस्कोपी, अल्ट्रासाउण्ड वा सीटीस्क्यान गर्दा क्यान्सर भन्ने पत्ता लागेको छ भने त्यसबारे विस्तृत अनुसन्धानका लागि त्यसको फैलावट र स्वरुपबारे अध्ययनका लागि पनि हामीले यो उपकरण प्रयोग गर्न सकिन्छ ।
पत्थरी निकाल्नका लागि पनि ईआरसीपी भन्ने विधि प्रयोग गर्न सकिन्छ । त्यसका लागि इण्डोस्कोपी गरेर नलीभित्र बेलुन छिराएर पत्थरलाई तान्छौं । अल्ट्रासाउण्ड इण्डोस्कोपीमार्फत् स्टोनको पहिचान गरेपछि इण्डोस्कोपी गरेर तारमार्फत् बेलुन पठाएर बेलुनसँगै ढुंगा पनि तान्छौं । करिब १५÷२० मिनेटमा पत्थरी निकाल्न सकिन्छ ।
उपचारमा सहजता
अन्तराष्ट्रिय बजारमा ईयुएस उपकरण निकै महंगो पर्छ । बजारमा करिब साढे २ करोड रुपैंयाँभन्दा बढी पर्छ । यसमा प्रयोग हुने सामानहरू पनि निकै महंगो पर्छ । बायोप्सी निडलकै करिब ३५÷४० हजार रुपैंयाँ पर्छ । जुन २/३ पटकभन्दा बढी प्रयोग गर्न मिल्दैन । हामीले अवस्था हेरि प्रतिव्यक्ति १५–२० हजार रुपैंयाँ शुल्क निर्धारण गरेका छौं । उपकरण सञ्चालनका लागि आवश्यक पर्ने जनशक्ति र अन्य स्रोतसाधन पनि खर्चिलो हुन्छ ।
ईयुएसका कारण धेरै ब्रिामीहरूले नेपालमै सहज उपचार पाउने अवस्था आएको छ । अन्यथा उनीहरू उपचारका लागि भारत जाँदा ठुलो आर्थिक भार व्यहोर्नुपथ्र्यो । नर्भिकसँगै नेपाल क्यान्सर अस्पतालले पनि ईयुएस भित्र्याएको छ । तर क्यान्सर अस्पतालले भने क्यान्सरको उपचारका लागि मात्रै उपकरण प्रयोग गर्छ । उपचारकै लागि भारत जानुपर्दाको खर्चको तुलनामा बढीमा २० प्रतिशत मात्रै खर्चमा नेपालमा सहजै रुपमा उपचार सम्भव हुन्छ । अपरेशनको तुलनामा इण्डोस्कोपीको प्रयोगबाट पत्थरी निकालिने भएकाले विरामीलाई पनि सहज हुन्छ ।