इलाम – १९८ औं अन्तराष्ट्रिय 4 दिवस इलाममा पनि मनाइएको छ । इलाम जिल्ला अस्पतालको 4 शाखाको आयोजनामा इलाममा 4 दिवस मनाइएको हो ।
शनिबार इलाम नगरपालिका बरबोटेस्थित अमर कल्याण माविमा अध्ययनरत बौद्धिक अपाङ्गता भएका बालबालिकाहरुसँग अन्तराष्ट्रिय 4 दिवस मनाइएको हो । कार्यक्रममा बालरोग विशेषज्ञ डा.सत्यनारायण चौधरीले बालबालिकाहरुको निशुल्क स्वास्थ्य परिक्षण गरे । परिक्षणपछि उनीहरुलाई औषधी समेत वितरण गरिएको थियो । यस्तै फलफुल, हिटफर्म र प्राथमिक उपचारका सामग्री पनि प्रदान गरियो।
आधुनिक 4का संस्थापक फ्लोरेन्स नाइटिङ्गेलको जन्मदिनको अवसर पारेर अन्तर्राष्ट्रय 4 काउन्सिल आइसिएनको आह्वानमा हरेक वर्ष मे १२ तारिखमा यो दिवस मनाउने गरिन्छ । दिवसको यो वर्षको नारा ‘नर्सेज अ भोइस टु लिड : हेल्थ इज ह्युमन राइट’ तय गरिएको छ । उनले सन् १८६० मा लण्डनको सेन्ट थोमस अस्पतालसँगै नर्सिंङ कलेज पनि संचालन गरेकी थिइन् । यस अवसरलाई 4 क्षेत्रमा आधुनिक र व्यवसायिक 4 सेवाको नयाँ मोड मानिन्छ । ‘लेडि विथ दि ल्याम्प’ को उपनामले समेत विश्वमा परिचित फ्लोरेन्सको जन्म सन् १८२० मा ब्रिटेनमा भएको हो । अन्तर्रािष्ट्रय इतिहास, मान्यता र परम्परा अनुसार यो दिवस हरेक वर्ष मनाउदै आइएको र त्यही अनुरुप यस वर्ष पनि मनाइएको इलाम अस्पतालका 4 अधिकृत मेनुका मोक्त्तानले जानकारी दिइन् । यो दिवसले नर्सहरुलाई उत्प्रेरणा, उत्साह र सामुहिकता प्रदान गरेको उनको भनाई छ।
कार्यक्रममा इलाम अस्पताल बिकास समितिका अध्यक्ष केदार थापा, जिल्ला अस्पताल इलामका प्रमुख डा.पवनजंग रायमाझी, प्रशुती तथा स्त्रीरोग विशेषज्ञ डा.प्रभु शाह, 4 अधिकृत मेनुका मोक्त्तान, विद्यालय व्यबस्थापन समितिका अध्यक्ष गोबिन्द पौडेल, प्रअ सोमनाथ निरौला लगायतले बोलेका थिए । उनीहरुले 4 पेशाको महत्वको बारेमा बोले । कार्यक्रममा इलाम जिल्ला अस्पतालमा कार्यरत नर्स तथा कर्मचारीहरुको उपस्थिति थियो।
विकसित मुलुकमा ६ सय देखि ८ सय जना जनसंख्याका लागि एक जना नर्स र सामान्यतया तीन जना बिरामीका लागि १ जना नर्स हुनुपर्ने प्रावधान छ । तर नेपालमा एक जना नर्सले २० देखि ३० जना बढी बिरामी हेर्नुपरेको छ।
नेपाल 4 परिषद्को पछिल्लो तथ्याङ्क अनुसार ४९ हजार ३४ नर्स, ३० हजार ९ सय २२ अनमी र ८ सय ३५ विदेशी नर्स गरी जम्मा ८० हजार सात सय ९१ नर्स रहेको 4 अधिृकत मोक्त्तानले जानकार दिइन् । सरकारी तथा निजी स्तरमा गरी साढे २ सय भन्दा शिक्षण संस्थाबाट वार्षिक रुपमा ८ हजार भन्दा बढी जनशक्ति उत्पादन हुने गरेका छन्।