शनिवार मात्रै 4 दिवस मनाइयो । आधुनिक 4का संस्थापक फ्लोरेन्स नाइटिङ्गेलको जन्मदिनको अवसर पारेर अन्तर्राष्ट्रिय 4 काउन्सिल आइसिएनको आह्वानमा हरेक वर्ष मे १२ तारिखमा यो दिवस मनाउने गरिन्छ । दिवसको यो वर्षको नारा ‘नर्सेस : अ भ्वाईस टू लिड- हेल्थ इज अ ह्युमन राइट’ थियो। आम नागरिक र समुदायसँग कुनै न कुनै प्रकारले नर्सहरुको सम्बन्ध र योगदान रहने भएकाले स्वास्थ्य समस्या समाधानका लागि नर्सहरुको भूमिका महत्वपूर्ण मानिन्छ । नेपाल 4 परिषदको पछिल्लो तथ्याङ्क अनुसार २६ हजार ५ सय १५ जना नर्स, २१ हजार ६ सय ५२ जना अनमी र ७ सय ७३ विदेशी नर्स गरी कुल संख्या ४८ हजार ९ सय ४० छ ।
संसारभर बिश्व 4 दिवस मनाइरहँदा म आफू नर्स भएकोमा गर्व गरिरहेको छु । सेतो सफा कपडा, बिरामीलाई ढाडस, सुःख दुःखको साथी, एक किसिमले सहयोग, आत्मसन्तुष्टी र सुखको अनुभूति केवल यी कुराहरु नै हुन् जसले आफूले रोजेको पेशाप्रति गर्वानुभूति महशुस गराउँछन् । हाम्रो मानसपटलमा यिनै कुरा बस्छन् र मनमनै सपनाको महल बनाउन पुग्छौं । 4 शाब्दिक अर्थमा ख्याल वा स्याहार–सुसार गर्ने भन्ने बुझिन्छ l सानैमा आमाको हात समातेर स्वास्थ्य चौकी जाँदा एप्रोन लागाएर हातमा सुर्इ लिएर आउने सिस्टर र अलि ठूलो भएपछि आधुनिक 4का संस्थापक फ्लोरेन्स नाइटिङ्गेलको जीवनी पढेर आफूलाई मानवीय सेवामा समर्पित गर्ने दृढ अठोट लिइयो। आफ्नो सपनालार्इ साकार पार्दै आज आफूलाई नर्स भन्न पाउँदा गर्व लाग्छ l
हाम्रो सभ्यता र 18को बिकाससँगै आज स्वास्थ्य सेवाले ठूलो फड्को मारिसकेको छ l यस ससँगसँगै 4 पनि विकसित, परिमार्जित हुँदै गरिमा पिन बढ्दै गएको छ l आज गाउँ–गाउँका स्वास्थ्य चौकी हुँदै शहरमा अत्याधुनिक सेवा सुबिधा सम्पन्न तथा सुशोभित अन्तर्राष्ट्रिय स्तरका अस्पतालहरु सम्ममा लाखौं नर्सहरु रातदिन नभनी अनवरतरुमा सेवामा समर्पित छन् l योसँगै 4 पेशामा आम मानिसको आकर्षण पनि बढ्दै गएको छ l
मानव जीवनको सधैं नजिक रहेर बिना भेदभाब कुनै पूर्वाग्रही नभइ निरन्तर बिरामीको पिडामा मल्हम लगाइरहेका हुन्छौं। मिठो मुस्कान सहित बिरामीलाई सेवा गरेर उनीहरुको पीडालाई भुलाउने यो पेशाको गरिमा झनै उच्च छ l कुनै दीर्घ रोगि होस् वा कुनै दुर्घटनाको बिरामी होस्, चाहे धनि होस्, चाहे गरिब, न जातिय न वर्गीय बिना कुनै सोच, बिना कुनै संकोच बिरामीलाई पुन: स्वस्थ बनाउने प्रण गर्छौं । न निन्द्रा, न भोक, न दिन, न रात केवल सेवा र स्याहार सुसार गर्ने पेशा हो मेरो 4 l
सैद्धान्तिक ज्ञान र प्रयोगात्मक सिकार्इले मानिसको रोग र मनोबिज्ञानलाइ एकै पटक बुझ्नु धेरै ठूलो चुनौती पनि हो l कुनै बिरामीले सन्चो भई बिदा हुँदा अथवा जब कोहि बिरामी, सहकर्मी वा कसैले 'तैंले त राम्रो काम गरेकी छस्' भन्छन् तव जिउँदै स्वर्ग पुगेको अनुभव हुन्छ । बिरामीको एक मुस्कानले बिरामी पुनः स्वस्थ अवस्थामा पुगेपछि अनि हाम्रो अन्तर्मनले सारा दुःख भुलेर नयाँ जोशको सिर्जना गर्छ र नर्स मुस्कानका साथ मीठो निद्रा निदाउँछिन्। त्यसैगरी कुनै बिरामीको पिडा अनि छट्पटाहटले भने मन सार्है रुन्छ भने आफूलार्इ पनि पिडा असह्य हुन्छ l
यही सेवाभाव बीच पेशामा सहनु पर्ने उत्पीडनहरु निकै चुनौतिपूर्ण छन् l राम्रो पारिश्रमिक, उच्च शिक्षाको चाहना, नेपालमा रोजगारीको समस्या, असुरक्षित भविष्यको कारणले गर्दा नर्सहरु पलायन हुँदै गएका छन् । तमाम नर्सहरुसँग पनि एउटा सपना हुन्छ, उक्त सपना पूरा नभएपछि विदेशको बाटोतिर। अहिले यो बाध्यता नै बनेको छ यो पेशामा । तसर्थ यसको समाधानको लागि सम्बन्धित निकायले बेलैमा ध्यान दिनुपर्ने देखिन्छ l
प्रसंशा र गाललीसँगै खानुपर्ने यो पेशामा अहिले जस भन्दा अपजसनै बेसी देखिन्छ l रोगको निदान तथा उपचार पद्दतिको विकासले यो पेशालाई सम्मानित पनि बनाएको छ । त्यसैले अहिले सरकारी तथा निजि क्षेत्रमा धेरै नर्सहरु आबद्द भएको पाइन्छ र 4 कलेजहरुको समेत बृदि भएको छन् l
यो पेशामा थकान शब्दको कुनै अर्थ हुँदैनl बिरामीको हाँसोमा आफ्नो खुशी र थकान भुल्ने नर्सहरु साँच्चै जीवित देविका रुपहरु हुन् l प्रतिकूल परिस्थितिमा आफूलाई संयमित बनाउँदै बिरामीलाई सेवा दिनु कम चुनौतिपूर्ण हुँदैन तर आफूलाई यही पेशामा समर्पित गर्ने र व्यक्तिगत जीवनलाई तिलान्जली दिएर मानव जीवनको रक्षा गर्न पाउनु सानो अवसर पनि होइन l
तपार्इं बिरामी पर्दाको साथी र सहयोगी हौं हामी। हामी हन्छौं कि हजुरहरुको यस पेशाप्रतिको सम्मान भाव होस् । यहाँहरुको यही भावनामा हामीलार्इ सेवाका लागि ऊर्जा हो । हाम्रो एउटै अग्रह छ– हामीलार्इ र हाम्रो कर्मलार्इ बुझिदिनुहोस् र सकारात्मक धारणा बनाइदिनुहेस्।
महत शहिद मेमोरियल हस्पिटल कलंकी काठमाडौँकी मेट्रोन हुन् ।