प्रमुख विपक्षी दल नेपाली कांग्रेसले प्रा. डा. गोविन्द केसीको जीवन रक्षा र माग सम्बोधनको मागसहित संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गर्ने भएको छ।
१ वजे वस्ने प्रतिनिधि सभाको वैठकमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गने कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले बताए।
सरकारले तयार पारेको चिकित्सा शिक्षा विधेयकको कांग्रेसले विरोध जनाउँदै आएको छ। प्राविधिक त्रुटी सच्याउने बाहेक अध्यादेशको हुबहु ल्याउनुपर्ने माग गर्दै आएको छ।
६ दिनदेखि जुम्लामा अनसनर केसीको जीवन रक्षा गर्ने कुरा सरकारले सुनुवाई नगरेकाले संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गर्न लागिएको खाँडले बताए। डा. केसी जुम्लामा अनसनमा छन्।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनसन बस्न चाहेपनि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेपनि सोही स्थानमा अनसन बसेका केही अहिले अस्पतालमा भर्ना गरिएको छ। प्रहरी हिरासतमै अनसन बसेका उनलाई प्रहरीले खेलकुद कभर्ड हलमा लगेर छाडेको थियो। जिल्ला प्रशासनले जारी गरेको निषेधाज्ञा तोड्दै जुम्लाका स्वास्थ्यकर्मीले केसीलाई आइसियुमा लगेका थिए।