काठमाडौं– गर्भपतनले महिलामा मनोवैज्ञानिक समस्या बढाउँदै लगेकाे वरिष्ठ स्त्रीराेग विशेषज्ञ डा मिरा हाडाले बताएकी छिन् । यसले कानूनी मान्यता पाएपछि गर्भपतनदर बढ्दो रहेको बताउँदै यसले ल्याइरहेका समस्यातर्फ ध्यान दिन अाग्रह गरेकी हुन्।
गर्भपतनको बढ्दो क्रमलाई रोक्न महिलालाई परिवार नियोजनका विषयमा परामर्श दिनुपर्ने पनि उनले बताइन्।
क्रियाशील पत्रकार महिला -डब्लुडब्लुजे_ले बल्खुस्थित बयधा अस्पतालमा आइतबार आयोजना गरेको सन्डे क्लब नामक एक कार्यक्रममा बाेल्दै डा हाडाले यस्तो बताएकी हुन्।
23का पछाडि लागेर महिलाले प्रयोग गर्ने विभिन्न सामाग्रीले महिला स्वास्थ्यमा झनै ठूलो असर पार्दै गएको उनले जानकारी दिइन्।
गर्भावस्थामा महिलामा देखापर्ने विभिन्न रोगका कारण शल्यक्रियामार्फत महिलाको प्रसूति गराउने दर पनि बढेको बताइन् । हाल करिव ४७ प्रतिशत महिलाकाे शल्यक्रियाबाट प्रसुती गराउने गरिएको उनले बताइन्।
झन्डै तीन दशकभन्दा लामो सयमदेखि स्त्री तथा प्रसूती सेवामा समर्पित डा हाडाका अनुसार पहिले पहिले महिलामा अज्ञानता कारण स्वास्थ्य समस्या हुने गरेपनि हिजोआज महिला शिक्षित र सचेत भएकाले यस्ता समस्या घटेको बताइन् । यद्यपी कुनै पनि महिलाले गर्भाधान गर्नु अगाडिदेखि नै चिकित्सकको सल्लाह लिएमा थुप्रै समस्यालाई कम गर्न सकिने उनले बताइन्।
आफूहरुले नि:शुल्क क्याम्प गर्ने गरेको बयोधाका मानव संशाधन विभाग प्रमुख निरज उपाध्यायले बताए । बयाेधा अस्पतालमा मात्रै नभई अन्य अस्पताल र क्लिनिकमा पनि अविवाहित युवती गर्भपतनका लागि गराउन आउने क्रम बढ्दै गएकाले यसलाई रोक्न पत्रकार, महिला, आमाहरूले सचेत गराउनुपर्ने उनले बताए।
उक्त कार्यक्रममा विभिन्न संचार माध्यममा कार्यरत पत्रकार महिलाको स्वास्थ्य परिक्षण गरिएको थियाे ।