काठमाडौं- गृहमन्त्री रामबहादुर थापा ‘बादल’को आदेशमा वीर अस्पताल परिसरमा रहेको ट्रमा सेन्टरमा कार्यरत डा भोजराज अधिकारीलाई मंगलबार दिउँसो 'अपहरण शैली'मा गृह मन्त्रालय लगेर गलत मेडिकल रिपोर्ट बनाउन दबाब दिइयो। अस्पतालको ओपिडीमा बिरामी जाँचिरहेका उनलार्इ गृह मन्त्रालयकै गाडीमा मन्त्रालय पुर्याोइएको थियो।
'मन्त्रालयमा गृहमन्त्रीले बोलाएको छ' भनेर करिब १ घन्टा राखेपछि गृहमन्त्री थापाका राजनीतिक सल्लाहाकार सूर्य सुवेदी पथिकले गलत रिपोर्ट ‘बनाउनुहोस्’ भन्दै दबाब दिए। ‘मेडिकल इथिक्स’भन्दा बाहिर नजाने भन्दै गलत रिपोर्ट नबनाउने अडान राखेपछि छाडिएको थियो।
डा अधिकारीले उक्त घटनाबारे स्वास्थ्यखबरका मेडिकल एडिटर डा सुवास प्याकुरेलसँग कुराकानी गरेका छन् ।