काठमाडौं- एलआरआर मोटर्सले चिकित्सक तथा मेडिकल क्षेत्रसँग सम्बन्धित ग्राहकलाई लक्षित गर्दै बीएडब्ल्यू ई७ प्रो इलेक्ट्रिक कारमा विशेष खरिद योजना सार्वजनिक गरेको छ। योजनाअन्तर्गत डाक्टरहरूले यो कार खरिद गर्दा ५० हजार रुपैयाँ छुट, आकर्षक उपहार र सहज फाइनान्स सुविधा पाउनेछन्।
बजारमा जम्मा रु. २३.९९ लाखमा उपलब्ध यो इलेक्ट्रिक कार आफ्नो प्राइस रेन्जमा सबैभन्दा किफायती विकल्पहरूमध्ये एक मानिएको छ, जसले यसलाई मेडिकल पेशाकर्मीका लागि झनै आकर्षक बनाएको छ।
बीएडब्ल्यू ई७ प्रो पाँच ढोका, चार सिट क्षमताको कम्प्याक्ट इलेक्ट्रिक ह्याचब्याक हो, जसमा २२.२९ किलोवाट–घण्टाको ब्याट्री, ३० किलोवाट मोटर र २६० किलोमिटरसम्मको ड्राइभिङ रेन्ज छ। एबीएस, ईबीडी, एयरब्याग, टायर प्रेसर मोनिटरिङजस्ता सुरक्षा सुविधासँगै स्मार्ट इन्फोटेनमेन्ट प्रणाली पनि यसमा समावेश छ।
एलआरआर मोटर्सका अनुसार अस्पताल, क्लिनिक र घरबीच दैनिक आवतजावत गर्ने चिकित्सकका लागि यसको कम्प्याक्ट साइज, सहज ह्यान्डलिङ र किफायती मूल्य विशेष उपयोगी हुन्छ। कम्पनीका प्रतिनिधि समिर राईका अनुसार, "यो कार सानो, चलाउन सजिलो र किफायती पनि भएकाले साँघुरो सडक र सीमित पार्किङमा सहज हुन्छ। यसले विशेषगरी महिला चिकित्सक तथा नर्सहरूलाई दैनिक आवतजावतमा थप आत्मविश्वास र सुविधा दिन्छ।"
मेडिकल क्षेत्रसँग सम्बन्धित कम्पनी तथा संस्थाका ग्राहकका लागि पनि विशेष छुट उपलब्ध रहेको कम्पनीले जनाएको छ।