जुम्ला- जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रहरीले अन्धाधुन्द अश्रुग्यास प्रहार गरेको छ। प्रहरीले अश्रुग्यास प्रहार गरेपछि डा गोविन्द केसी बेहोस भएका छन्।
अस्पतालमा भित्रै प्रहरी प्रहार गरेको अश्रुग्यासका कारण अस्पतालमा रहेका बिरामी, डाक्टर, नर्स तथा स्वास्थ्यकर्मीलगायतका कर्मचारीहरुको भागाभाग भएको छ।
प्रहरीको लाठीचार्जका कारण प्रतिकारमा उत्रिएका केही विद्यार्थी तथा स्थानीयहरु घाइते भएका छन्।