जुम्ला– २० दिनदेखि अनशनमा रहेका डा गोविन्द केसी काठमाडौं जान तयार भए पनि सम्भावना भने कम हुँदै गएको छ। डा केसीको समर्थनमा टाढाटाढाबाट कर्णाली अस्पतालमा उर्लिएका स्थानीयले डा केसीलाई काठमाडौं लैजान नदिने बताएका छन्।
अस्पताल क्षेत्रमा झडप भइरहँदा स्थानीयको पनि बाक्लो उपस्थिति हुँदै गएको छ। डा केसीको माग पूरा गर्नुभन्दा दमनमा उत्रिएर सरकारले गलत काम गरिरहेको उपस्थितको भनाइ छ।
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।