काठमाडौं– नेपाली सेनाको हेलिकप्टरबाट जुम्लादेखि काठमाडौं ल्याइएका अनशनरत डा गोविन्द केसीलाई टुँडिखेलमा अवतरण गरिएको छ। उनी २० दिनदेखि जुम्लामा अनशनरत थिए। अनशन बसिरहेकै अवस्थामा उनलाई उपचारको लागि भन्दै काठमाडौं ल्याइएको हो।
उनकाे उपचार त्रिवी शिक्षण अस्पताल महाराजगञ्जमा गरिने भएकाे छ। अस्पतालमा डाक्टर र अाइसियु तयारी अवस्थामा रहेको बताइएको छ।
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।