बाँके– जुम्लामा अनशनरत डा गोविन्द केसीलार्इ बलपूर्वक काठमाडौं ल्याउन खोज्दा घाइते प्रहरीलार्इ उपचारका लागि काठमाडौं ल्याइएको छ । बिहीबार गम्भीर घाइते प्रहरीलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले नेपालगञ्ज पठाएकाे थियो । त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि हेलिकाेप्टरुबाट काठमाडौँ ल्याइएको छ ।
घाइते प्रहरीको अवस्था गम्भीर भएपछि थप उपचारका लागि अहिले केहीबेर अघि माउण्टेन हेलिकोप्टरमार्फत काठमाडौँ ल्याइएको हो । उनको शिक्षण अस्पताल महाराजगञ्जसँगै रहेको मनमाेहन कार्डियो भाष्कुलर सेन्टरमा उपचार भइरहेको छ ।
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।