काठमाडौं– चिकित्सा शिक्षा सुधारको माग राख्दै २२ दिनदेखि आमरण अनसनमा रहेका डा गोविन्द केसीको पक्षमा राजधानीमा विशाल प्रदर्शन गरिएकाे छ। माइतिघरबाट सुरु भएकाे प्रदर्शन नयाँबानेश्वरमा पुगी काेणशभामा परिणत भएकाे छ।
प्रदर्शनमा नेता, समाजका विभिन्न क्षेत्रका अगुवा, स्वास्थ्यकर्मी तथा सर्वसाधरणहरुको उपस्थिती रहेकाे छ।
डा केसीका माग पुरा गर्न सरकारलाई दबाब दिन र उनको जीवन रक्षाका लागि आग्रह गर्दे प्रर्दशन गरिएकाे हो।
उता, डा केसीले औषधी लिन मानेका छैनन्। चिकित्सकहरुले डा केसीको स्वास्थ्य अवस्थामा थप जटिलता देखिएको बताइरहेका छन्। काठमाडौं ल्याएपछि वार्ताको वातावरण बन्छ भनेको सरकारले वार्ताका लागि चासो दिएको छैन।
यस्तो अवस्थामा उनको अनसनप्रति ऐक्यबद्धता भने बढ्दै गइरहेको छ। डा केसीको समर्थनमा पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई, विवेकशील साझा पार्टीका अध्यक्ष रबिन्द्र मिश्र, पूर्व प्रधानन्यायाधीश सुशीला कार्की, कल्याण श्रेष्ठ, अभिनेत्री मनिषा कोइराला, मानवअधिकारवादी नेता कृष्ण पहाडी उपस्थित भएका छन्।
त्यस्तै खगेन्द्र संग्रौला, डा देवेन्द्रराज पाण्डे, केदारभक्त माथेमा, श्याम श्रेष्ठ, प्राध्यापक सुरेन्द्र लाभ लगायतका व्यक्तित्व तथा सर्वसाधारण सहभागी छन्।
प्रदर्शनमा चिकित्सक, नर्स, कानुन व्यवसायी सम्मिलित विभिन्न संघसंस्थाले पनि शनिबार माइतिघरमा प्रदर्शन गर्ने भएका छन्।
केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिवको अध्यक्षतामा टोली गठन गरेपनि टोलीलाई म्यान्डेट दिइएको छैन। जसकारण वार्ता अनिश्चित बनेको छ।
लाइभ भिडियाे: