काठमाडौं– डा गोविन्द केसीको पक्षमा भएको प्रदर्शनमा प्रहरीले अश्रु ग्यास प्रहार गरेको छ। प्रर्दशनकारीलाई भगाउन बानेश्वरमा प्रहरीले टियर ग्यास प्रहार गरेको हो।
मानव अधिकारवादी नेता कृष्ण पहाडी बोलिरहेका बेला प्रदर्शनमा तनाव भएको हो। केहीलाई प्रहरीले लाठी प्रहार समेत गरेको छ।
डा केसीको माग पुरा गर्न दबाब दिन डा केसीका समर्थक, विभिन्न दलका नेता तथा समाजका अगुवाहरुले माइतिघरदेखि बानेश्वरसम्म प्रर्दशन गरेका हुन्। बानेश्वरमा अगुवाहरुले बोल्नेक्रममा टियर ग्याँस हानिएको हो। कोणसभा राेकिएको छ।