काठमाडौं– डा गोविन्द केसीको समर्थनमा निकालिएको र्यालीमा प्रहरीले बल प्रयोग गरेको छ। माइतीघर मण्डलाबाट सुरु भएको र्याली नयाँ बानेश्वरमा पुगेर कोणसभामा परिणत भएपछि प्रहरीले हस्तक्षेप गरेको हो।
नयाँ बनेश्वर क्षेत्रमा कोण सभा चलिरहेपनि बबरमहल क्षेत्रमा रहेका आन्दोलनकारी र प्रहरीबीच झडप भएको हो। आन्दोलनकारीलाई तितरवितर पार्न प्रहरीले केही सेल अश्रु ग्यास प्रहार गरेको छ।
अश्रु ग्यास र ढुंगा हानहानमा परी केही आन्दोलनकारी र प्रहरी पनि घाइते भएको बताइएको छ।
२२ दिन देखि अनसनरत डा केसीको जीवन रक्षा र मागको सम्बोधनका लागि दबाव दिन आज विशाल प्रदर्शन गरिएको हो।