काठमाडौं- सरकार र अनसनरत डा गोविन्द केसी पक्षबीच आज दोस्रो पटक भएको वार्ता पनि असफल भएको छ। सरकारी पक्षले डा केसीले उठाएका प्रमुख मागका विषयमा कुनै पनि कुरा गर्न नचाहेपछि वार्ता असफल भएको हो।
डा केसीले विधेयकमा २२ वटा बुँदा संशोधन गर्न माग गरेका छन्।
डा केसीको ७ बुँदे मागको पहिलो नम्बर बुँदामा नै चिकित्सा शिक्षा विधेयकको विषय छ। जसमा काठमाडौं उपत्यकामा १० वर्ष नयाँ मेडिकल कलेज नखोल्ने, एउटा विश्वविद्यालयले ५ भन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन नदिने, सम्बन्धनका लागि ३ सय शय्याको अस्पताल कम्तीमा ३ वर्षसम्म सञ्चालन भएको हुनुपर्ने, सरकारी मेडिकल कलेजमा ७५ प्रतिशत सिट निःशुल्क हुनुपर्ने लगायतका विषय छन्।



