काठमाडौं- त्रिवि शिक्षण अस्पताल महाराजगन्जदेखि बालुवाटारसम्म विद्यार्थी र चिकित्सकहरु सम्मिलित बृहत् र्याली हुने भएको छ।
सरकार डा केसीको माग पुरा गर्न तयार नभएको भन्दै विरोधस्वरुप र्यालीको अायोजन गरिएको हो। र्याली टिचिङ अस्पतालबाट साढे ९ बजे सुरु हुनेछ। र्यालीपछि बालुवाटारमा डाक्टर तथा विद्यार्थीले प्रदर्शन पनि गर्ने कार्यक्रम छ।
७ बुँदे माग राखेर डा केसी २७ दिनदेखि अनसनमा छन्। तर सरकार उनको माग पुरा नगरी झन कठोर बन्दै गइरहेको छ।
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।