काठमाडौं- डा गोविन्द केसीको समर्थनमा त्रिवि शिक्षण अस्पतालबाट बालुवाटारसम्म र्याली निकाल्न खोजेका टिचिङ अस्पतालका डाक्टर तथा विद्यार्थीहरुलार्इ प्रहरीले नियन्त्रणमा लिएको छ। अस्पतालबाट सुरु भएको शान्तिपूर्ण र्यालीलार्इ प्रहरीले मुल गेटमा नै राेकेर राखेको छ।
प्रहरीले र्याली गर्न नदिएपछि डाक्टर तथा विद्यार्थीहरु सडकमा नै बसेका थिए। सोही क्रममा प्रहरीले दर्जनौं डाक्टर तथा विद्यार्थीलार्इ पक्राउ गरेको हो। उनीहरुलार्इ प्रहरीले भ्यानमा राखेर लगेको छ।
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।