काठमाडौं– नेपाल चिकित्सक संघले शुक्रबारदेखि देशभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवाहरु अनिश्चतकालसम्म ठप्प पार्ने भएका छन्। १५औं पटक अनसन बसेका डा गोविन्द केसीको मागमा सरकारले सुनुवाई नगरेको भन्दै संघले आकस्मिक बाहेकका सबै सेवा ठप्प पार्ने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो।
वार्तालाई केवल औपचारिकतामा मात्र सिमित गराइएको तथा डा केसीको जीवनरक्षाको लागि सरकारी वार्ता टोली जिम्मेवाररुपमा अगाडी नबढेको संघको आरोप छ।
अनसनरत डा केसीको स्वास्थ्यलाई लिएर कुनै पनि बेला अप्रिय र दुःखदायी घटना हुनसक्ने परिस्थितिलाई गम्भीर रुपमा मनन गरेको पनि संघले जनाएको छ। नेपाल सरकार तथा डा केसी पक्षधर वार्ताटोलीलाई गम्भीर रुपमा प्रस्तुत भई जिम्मेवारी बोधकासाथ अगाडि बढ्न संघले आग्रह गरेको छ।
डा केसीको जीवनरक्षाका लागि संघले शुक्रबार देखि आकस्मिक सेवा बाहेकका अन्य सम्पूर्ण स्वास्थ्य सेवा अनसन नतोडिउन्जेलसम्म बन्द गर्ने जनाएको छ। डा केसी आमरण अनसनमा बसेको विषयलाई लिएर कतिपय चिकित्सक, मिडिया तथा सामाजिक सञ्जालमा झुटा, कपोकल्पित र अस्वाभाविक टिकाटिप्पणी गरिएकोप्रति संघले आपत्ती जनाएको छ।
नेपाल चिकित्सक संघद्वारा जारी विज्ञप्ति:
