काठमाडौं– डा गोविन्द केसीलाई काठमाडौं ल्याउने क्रममा जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको घटनाको छानविन गर्न समिति गठन गरिएको छ।
प्रा डा गीताभक्त जोशीको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरिएको छ । पूर्व स्वास्थ्य सचिव डा सेनेन्द्रराज उप्रेति, प्रा डा कृष्ण कुमार राई, डा बाबुराम मरासिनी र डा देवमान लिम्बू, गोरख थापा सदस्य छन्।
सदस्य सचिव अधिबक्ता राजु कटुवाल तोकिएका छन् । गगन थापाका स्वास्थ्य मन्त्री हुँदा थापा कानूनी सल्लाहकार थिए। प्रतिष्ठानको ८ गते बसेकाे कार्यकारी परिषद्को बैठकले उक्त समिति गठन गरेको हो।