काठमाडौं– सरकार र डा गोविन्द केसी पक्षबीचको बार्ता सकिएको छ । डा केसीका मागका विषयमा दुवै पक्ष सहमति नजिक पुगेपछि वार्ता टुंगिएको हो।
सहमतिका लागि अन्तिम निर्णय भने डा केसीले नै गर्नेछन् । डा केसी तर्फबाट वार्तामा सहभागी अधिवक्ता ओम प्रकाश अर्यालका अनुसार प्राय विषयमा कुरा मिलेको छ । उनले वार्ता पछि भने, ‘हामी सहमति नजिक पुगिसकेका छौं । सहमतिका विषयमा डा केसीलाई जानकारी गराउन जाँदैछौं ।’ आफू सहमत भएपनि डा केसीको निर्णय जरुरी भएको उनले बताए ।
उनले एउटा महत्वपूर्ण विषयमा डा केसीको निर्णय जरुरी रहेकोतिर संकेत गरे।