काठमाडौं- अनसनर डा गोविन्द केसीको उपचारका लागि त्रिवि शिक्षण अस्पतालले उपचार टोली गठन गरेको छ। १५औं अनसनको २७औं दिनमा शिक्षण अस्पतालले ९ सदस्यीय मेडिकल टिम गठन गरेको हो। २० दिन जुम्ला र त्यसयता त्रिवि शिक्षण अस्पतालमा अनसनरत डा केसीको स्वास्थ्य स्थिति अत्यत्नै नाजुक हुँदा समेत मेडिकल टिम गठन नगरिएको भन्दै हिजो डा केसीको रेखदेखमा खटिएका आवासीय चिकित्सकहरुले आवाज उठाएका थिए।
त्यसलगत्तै आज शिक्षण अस्पतालले प्राडा प्रदीपकृष्ण श्रेष्ठ र प्राडा दिव्यासिंह शाहको संयुक्त संयोजकत्वमा ९ सदस्यीय डिकल टिम गठन गरेको हो।
मेडिकल टिममा डा श्रेष्ठ र डा साहका साथै डा सुवास आचार्य, डा प्रमेशसुन्दर श्रेष्ठ, डा सूर्य देवकोटा, डा प्रमेश पन्त, डा रविन नेपाली, 4 अधिकृत गंगा थापा र उपप्रशासक टेकबहादुर कार्की छन्।
शिक्षण अस्पतालकी कार्यकारी निर्देशक डा मन्दिरा वन्तद्वारा जरी विज्ञप्तिमा भनिएको छ, 'अस्पताल व्यवस्थापन एवं स्वास्थ्य उपचार टोलीका सदस्यहरुसँग समन्वय र सहकार्य गरी चिकित्सक केसीको सबै प्रकारको स्वास्थ्य उपचारमा आवश्यक व्यवस्था मिलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछु।'