काठमाडौं- सरकारी वार्ता टोली र डा गोविन्द केसीबीच ९ बुँदे सहमति भएको छ। यो सहमतिसँगै डा केसीको २७ दिनदेखिको अनसन तोडिने भएको छ।
सहमतिको लिखित भाषाका विषयमा मिलाउने काम भइरहेको नेकपा नेता सुवास नेम्वाङले जानकारी दिए। ‘सहमति भयो, भाषा मिलाउने बाँकी छ, त्यसपछि हस्ताक्षर हुन्छ।’
यसअघि डा केसीले २ बुँदा मिलाउनु पर्ने बताएका थिए। बालुवाटारमा उक्त विषय मिलाएपछि ९ बुँदे सहमति भएको हो।