काठमाडौं– शिक्षामन्त्री गिरिराजमणि पोखरेलले चिकित्सा शिक्षा विधेयक पास गर्न सहयोगका लागि सांसदहरुलाई आग्रह गरेका छन्।
डा गोविन्द केसीसँग भएका मागलाई समेटेर विधेयक मन्त्रिपरिषदबाट पास गरेर ल्याउन लागिएको उनले बताए।
कांग्रेसका सांसदहरुले डा गोविन्द केसीको अनसन र सहमतिको सम्वन्धमा सरकारको जवाफ माग गरेपछि शिक्षामन्त्री पोखरेलले जवाफ दिएका हुन्।
संसद वैठक शुरु हुनासाथ कांग्रेसका सांसद डा.मिनेन्द्र रिजालले जवाफ दिन माग गरेका थिए। सांसदहरुले विधेयकलाई कुन रुपमा सरकारले पेश गर्दछ शिक्षामन्त्री पोखरेलले जवाफ माग गरेका थिए। डा केसीको अनसनका क्रममा प्रहरीको बल प्रयोगको बारेमा प्रश्न उठाएकोमा शिक्षामन्त्रीले डा केसीको स्वास्थ्यमा समस्या आएपछि काठमाडौं ल्याइएको वताए ।
उनले भने ‘१८ औ दिनमा केसीको स्वास्थ्य अवस्थामा मुटु लगायतमा समस्या हुने देखिएपछि प्रदेश सरकारको सहयोगमा ल्याएको हो ।’
पुराना घटनाको विवादमा अव नजान उनले सांसदहरुलाई आग्रह गरे। ‘प्रतिष्ठानमा सरकारी पक्ष जान खोज्दा नदिदाँ समस्या भएको हो । त्यहाँ गोलि चलेको थिएन, प्रहरीमाथि सिसा प्रहार गरिएको थियो’ उनले भने ।
हिजो भएको सहमति मन्त्रीपरिषदमा पेश हुने उनले जानकारी गराए। बिधेयक यही संसदवाट पेश भई पारित हुने भएकाले सहयोगको आग्रह गरे ।