काठमाडाै- प्रतिनिधि सभाको वैठकमा बोल्ने अधिकांश महिला सांसदहरुले वंगलादेशमा अध्ययनरत छात्राहरुका बारेमा अमर्यादित टिप्पणी गर्ने मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई कारवाहीको माग गरेका छन्।
डा गोविन्द केसीसँगको सहमतीपछि विधेयक पेश गर्ने कार्यसुचि रहेको सांसद वैठकमा शिक्षामन्त्री गिरिराजमणी पोखरेलसँग यसबारे जवाफ समेत माग गरेका छन्।
सांसदहरुको प्रश्नपछि मन्त्री पोखरेलले प्रसाईमाथि कारवाहीको विषय मन्त्रिपरिषदले निर्णय गर्ने बताए। मन्त्रीले केसीसँग भएको हिजोको सहमती संसदको अङ्ग बनोस् भनि सभामुखलाई दिए।
यस्ता छन् सांसदहरुको माग
पुष्पा भुसाल– दुर्गा प्रसाईको अभिव्यक्तिको विषयमा आएको मन्त्रीको जवाफ र उनीमाथि कानुनी कारवाही के भईरहेको छ ? संसदमा जवाफ चाहियो?
डिला संग्रौला– ५१ प्रतिशत महिलामाथिको अस्मिता माथि तुच्छ टिप्पणी गर्ने मेडिकल व्यवसायी दुर्गा प्रसाईमाथि किन कानुनी कारबाही भएन?
अनिता परियार– दुर्गा प्रसाईले नेपाली चरित्रमाथि धावा वोलेका छन् उनीमाथि किन कारवाही भएन । कानुनमन्त्री शेरबहादुर तमाङ्गमाथि कारवाही हुनु पथ्र्यौ तर उनी राजिनामा दिएर वचेका हुन्।
रामबहादुर विष्ट–सम्झौतामा के भयो त्यो कुरा उल्लेख भएन । कानुनमन्त्रीले रोएर राजिनामा दिनु भयो तर दुर्गा प्रसाईले उन्मुक्ती पाउने हो?
प्रकाश रसाइली–डा केसीसँग के के सम्झौता भएको हो यो सदनमा जानकारी गराउनु पर्यो । दुर्गा प्रसाईको बारेमा सरकारले के सोचेको छ त्यसको बारेमा जानकारी गराउनु पर्यो ।
देवेन्द्रराज कडेल– विरोधको सुचनाहरु आएका छन्। जुम्लामा जस्ता घटना भए यसमा छानविन हुन्छ कि हुदैन जवाफ आउन पर्यो । दुर्गा प्रसाईलाई कारवाही हुन्छ कि हुदैन जवाफ चाहियो ।
मन्त्री गिरिराजमणी पोखरेलको जवाफ
डा केसीसँग हिजो राती नयाँ सहमति भएको छ । यो सदनले स्वभाविक प्रक्रियामा अगाडी बढायोस् भनेर मैले आफ्ना कुरा राखेको छु । यसलाई हारजितको विषय भन्दा सहमतिका रुपमा अघि वढाै। २०५७ सालमा भएको ९ बुँदे सहमति मैले यसअघि रेकर्ड गराएको छु । त्यसैको आधारमा हिजोको सहमति भएको हो । यो मन्त्रिपरिगषद्मा पेश गरि अनि संसदमा आउने छ । ९ बुँदे सार्वजनिक नै भएको छ । मैले यसमा राख्न पर्दैन । दुर्गा प्रसाई, कानुनमन्त्री वा अन्य विषयमा मन्त्रिपरिषदमा छलफल हुनेछ । अनिमात्र म यहाँ यसलाई प्रष्ट पार्ने छु । केसीसँग भएका सहमतिलाई दृष्टिगत गरेर हामी अगाडी वढ्ने छौ । जुम्लाको विषयमा प्रहरी , गृह र रक्षा मन्त्रालयवाट प्रतिवेदन आईसकेको कारण यहाँ उठेको कुरा सम्वोधन त्यसैले हुन्छ । पटक पटक अनसन बस्नु पर्ने अवस्था अन्त्य होस् भन्ने हाम्रो चाहाना हो।