काठमाडौं– सरकार र डा गोविन्द केसीबीच अनसनको २७ औं दिनमा सहमति भएको छ। डा केसीको यो अनसन हालसम्मकै सबैभन्दा लामो हो।
विगतका सहमति कार्यान्वयनमा नआएको र चिकित्सा शिक्षा विधेयक पनि सहमति विपरित आउने चाल पाएपछि डा केसीले १५ औं अनसन बस्ने घोषणा गरेका थिए। डा केसीको चेतावनी विपरित सरकारले चिकित्सा शिक्षा विधेयक संसदमा दर्ता गराएको थियो।
संसदमा दर्ता भएको विधेयक डा केसीको माग र माथेमा कार्यदलको प्रतिवेदन विपरित थियो।
डा केसीले यो पटकको अनसन जुम्लामा सुरु गरेका हुन्। असार १६ गते सुरु भएको डा केसीको अनसन अन्तत ९ साउनमा आएर सहमति भएको छ। डा केसीको यो अनसन विगतका भन्दा निकै कष्टकर रह्यो। अनसन बस्न साउन १५ गते जुम्ला पुगकै दिन प्रशासनले अनसनस्थल कर्णाली प्रतिष्ठान क्षेत्रलाई निषेधित क्षेत्र तोकेको थियो। त्यसपछि उनको अनसन जुम्लाको कबर्डहल हुँदै प्रतिष्ठानको शय्या र त्यसपछि त्रिवि शिक्षण अस्पतालसम्म आइपुगेको हो। अनसन तोडेपछि डा केसीको आइसियुमा उपचार हुँदैछ।
डा केसीको अनसनको २७ दिनमा के के भयो त ?
यस्तो छ डा केसी अनसनको २७ दिनको समयरेखा :
असार १६ – जुम्ला सदरमुकामस्थित कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा अनसनका लागि जाने क्रममा बाटोमा नै प्रहरीको अवरोध। प्रशासनले अघिल्लो दिन नै अस्पताल वरिपरिको क्षेत्रलाई निषेधित घोषणा गरेको थियो।
अनसन बस्नु अघि उनी रगत तथा अन्य आवश्यक स्वास्थ्य परीक्षणका लागि अस्पतालतर्फ लागेका थिए। तर, प्रहरीले बाटोमा नै रोकेको थियो। प्रहरीको उक्त कदमको जुम्लाका स्थानीयले समेत बिरोध गरेका थिए।
– डा गोविन्द केसीलाई जुम्ला प्रहरीले पक्राउ गर्यो।
– डा केसीले हिरासतबाटै अनसन सुरु गरे।
– डा केसीको स्वास्थ्य परीक्षण गर्न नदिएको भन्दै नेपाल चिकित्सक संघको आपत्ति।
– चैतर्फी विरोधपछि प्रहरीले डा केसीलाई जुम्लाको कबर्डहलमा लगेर छाडिदियो।
– डा केसीको अनसन कबर्डहलमा नै जारी।
असार १७ – संसदमा दर्ता भएको चिकित्सा शिक्षा विधेयकको सांसदद्वार विरोध।
– संसद स्थगित
– डा केसीको समर्थनमा माइतीघरमा प्रदर्शन, ६ जना पक्राउ परे।
– कबर्डहलको अध्यारो चिसो भुईमा नै डा केसीको अनसन जारी।
असार १८ – डा केसीलाई सुरक्षित स्थानमा लैजान चिकित्सक संघको माग। आन्दोलनको चेतावनी।
– चिसो र फोहोर भुईमा अनसन बसेका डा केसीको स्वास्थ्य कमजोर।
– संसदमा डा केसीको उपचारको माग।
– डा केसीलाई तत्कालै अस्पतालमा सार्न चिकित्सकहरुको सुझाब।
– बत्ती नभएको स्थानमा डा केसीको उपचार गर्न नसक्ने भन्दै चिकित्सकहरुले डा केसीको उपचारबाट हात झिके। आन्दोलनको चेतावनी।
असार १९ – कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक बाहेकका सेवा ठप्प।
– मुगु र कालिकोट जिल्ला अस्पतालको पनि सेवा ठप्प। क्रमश कर्णाली प्रदेशका अस्पतालहरुको आकस्मिक बाहेकका सेवा ठप्प।
– प्रतिष्ठानका डाक्टर, नर्स, स्वास्थ्यकर्मी तथा कर्मचारी सेवा छाडेर डा केसीको अनसनस्थल कबर्डहलमा जम्मा भएको।
– पूर्व प्रधानन्यायाधिश सुशिलाका कार्कीले व्यापारिकरणका कारण छोरालाई डाक्टर पढाउन नसकेको भनाई सार्वजनिक।
– माथेमा कार्यदलका संयोजक केदारभक्त माथेमाद्धारा काठमाडौंमा १० वर्ष मेडिकल कलेज खोल्न नहुने कारणहरु सार्वजनिक।
– डा केसीको समर्थनमा सुर्खेतमा अर्धनग्न जुलुस।
– गगन थापाद्वारा डा केसीको उपचारमा अवरोध गर्ने काम ज्ञानेन्द्र शाहको निरंकुशताभन्दा बढी भएको धारणा व्यक्त।
साउन २० – डा केसीको समर्थनमा सडकमा उत्रिए जुम्लावासी।
– कवर्डहलमा अनसनरत डा केसीको अवस्था गम्भिर भएपछि निषेधित क्षेत्र तोड्दै जुम्लाका चिकित्सकहरुले डा केसीलाई कर्णाली प्रतिष्ठानमा लगेको।
– प्रतिष्ठानको आकस्मिक कक्षमा आइसियु सरहको उपचार सेवा सुरु।
असार २१ – विवादित चिकित्सा शिक्षा फिर्ता लिने र नयाँ विधेयक दर्ता गर्ने निर्णय।
– स्वास्थ्यमन्त्री उपेन्द्र यादवले डा केसीको उपचारका लागि काठमाडौंबाट चिकित्सकको टोली पठाउने निर्णय गरेको।
– नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी निकटाका चिकित्सकसँग डा केसीका मागका विषयमा जानकारी लिएको।
– डा केसीको समर्थनमा नेकपा निकटका विद्यार्थीले समेत कालोपट्टी बाँधेर ऐक्यबद्धता।
असार २२ – डा केसीको माग सम्बोधन गर्न नेपाली कांग्रेसद्वारा संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता।
– डा केसीको माग पुरा गर्नुपर्ने माग राख्दै कांग्रेसद्वारा संसद अवरोध।
– डा केसीको समर्थनमा माइतीघरमा प्रदर्शन गर्ने सोलिडारिटी फर डा केसी अलायन्सको निर्णय।
– डा केसीको माग विपरित काठमाडौंमा जति पनि मेडिकल कलेज खोल्न मिल्ने गरी नयाँ विधेयक संसदमा दर्ता।
असार २३ – डा केसीको रगतमा अक्सिजनको कमी, सेता रक्तकोषको मात्रा घट्दो क्रममा।
– डा केसीको समर्थनमा चितवनका चिकित्सकहरु पनि आन्दोलनमा उत्रेको।
– डा केसीको समर्थनमा माइतीघरमा बृहत प्रदर्शनी।
– स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीद्वारा स्याङ्जामा आयोजित कार्यक्रममा डा केसीको विरोध। डा केसीको माग अनुसार विधेयक ल्याउन नसकिने धारणा सार्वजनिक।
असार २४ – शिक्षामन्त्री गिरिराजमणि पोखरेलद्वारा डा केसीलाई वार्तामा आउन आह्वान।
– डा केसीको समर्थनमा देशका विभिन्न स्थानमा विरोध र्याली।
– नेपाल चिकित्सक संघको टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट।
– प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा सरकार व्याक नहुने अडान। डा केसीलाई खाना खुवाएर काठमाडौं ल्याउनु पर्नेमा जोड।
असार २५ – प्रधानमन्त्री ओलीद्वारा डा केसीसँग वान टु वान वार्ता गर्न चाहना व्यक्त।
– स्वास्थ्य अवस्था विग्रेर बोल्न समस्या भएपछि डा केसीद्वारा प्रधानमन्त्रीसँग बोल्न अस्विकार।
– प्रधानमन्त्री ओलीलाई डा गोविन्द केसीलाई चिन्न सांसद गगन थापाको संसदबाट आग्रह।
– नेकपा संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीद्वारा डा केसीप्रति कडा अभिव्यक्ति, जुम्लामा भोकै सुतेर र काठमाडौंको सडकमा कोही कराएको भरमा सरकार नझुक्ने भनाई।
असार २६ – डा केसीको माग पुरा गर्न नेपाल चिकित्सक संघको माग। मग पुरा नभए देशभरका स्वास्थ्य संस्था ठप्प पार्ने चेतावनी।
– काठमाडौंमा १० वर्ष मेडिकल कलेज खोल्न नपाउने विषयमा आफू सहमत रहेको शिक्षामन्त्रीको भनाई।
– डा केसीको समर्थनमा कालोपट्टी र विरोधका कार्यक्रम जारी।
असार २७ – सरकारी अधिकारीले डा केसी वार्तामा आउन नचाहेको भन्दै गलत हल्ला चलाएको डा केसीको भनाई।
– डा केसीको समर्थनमा देशभरका डाक्टरहरुबाट एक घण्टा काम छाडेर धर्ना सुरु।
– डा केसीको पक्षमा जुम्ली आमाहरु सडकमा।
– डा केसीलाई रेस्क्यु गर्न हेलिकोप्टर पठाइयो। बिचबाटोमै रोकियो।
– आन्दोलन गर्ने डाक्टरलाई कारवाही गर्ने स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालको चेतावनी।
असार २८ – संसदमा चिकित्सा शिक्षा विधेयक पेश।
– नेपाली कांग्रेसको विरोध। संसद बैठक स्थगित।
– डाक्टर र स्वास्थ्यकर्मीलाई हड्ताल नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन।
असार २९ – त्रिवि शिक्षण अस्पतालका आवासिय डाक्टरले आकस्मिक बाहेकका सेवा दिन छाडेको।
– माइतीघरमा डाक्टरहरुको निशुल्क ओपिडी सेवा सुरु।
– डाक्टर, नर्स र कानुनसँग सम्बन्धित १३ संघसंस्थाद्वारा डा केसीको मागप्रति ऐक्यबद्धता।
– सरकारले मृत्यु चाहेको भन्दै डा केसीद्वारा स्वास्थ्य जाँच गर्न अस्विकार।
असार ३० – डा केसीको समर्थनमा पूर्व प्रधानन्यायाधिश सुशिला कार्की, कल्याण श्रेष्ठ, केदारभक्त माथेमा लगायतका व्यक्ति सडकमा उत्रिए। माइतीघरदेखि नयाँ बानेश्वरसम्म बृहत ¥याली।
– माग पुरा नभएसम्म सत्याग्रह नरोकिने डा केसीको भनाई।
– डा केसीको स्वास्थ्य बिग्रिएपछि अनसनस्थलमा भेन्टिलेटर सहितको सुबिधा थप।
– प्रधानमन्त्री ओलीलाई सांसद गगनको प्रश्न, ‘प्रधानमन्त्रीज्यू बंगलादेश मेडिकल हब हो, उपचार गर्न किन जानुहुन्न?’
असार ३१ – नारायणकाजी श्रेष्ठ र डा गोविन्द केसी पक्षका डा अभिषेकराज सिंहबीच भेट। वार्ता टोली गठन गर्ने विषयमा अनौपचारिक सहमति।
– डा केसीको स्वास्थ्य गम्भिर, सेप्सिसको जोखिम बढेकोमा डाक्टरहरुबाटै चिन्ता व्यक्त।
असार ३२ – चिकित्सा शिक्षा विधेयक संसदको कार्यसूचिमा।
– कांग्रेसद्वारा संसद अवरोध।
– नयाँ बानेश्वरबाट मानवअधिकारकर्मी पक्राउ
– विधेयक संसदको कार्यसूचिबाट हट्यो।
– सरकराले डा केसीसँग वार्ता गर्न शिक्षा सचिवको संयोजकत्वमा तीन सदस्यीस समिति गठन गरेको।
– माग पुरा गर्न सरकारलाई चिकित्सक संघको ४८ घण्टे अल्टिमेटम।
– सरकार र डा केसी पक्षबीच शिक्षा मन्त्रालयमा पहिलो वार्ता।
– डा केसीको मागको पहिलो बुँदामा नै कुरा नमिलेपछि वार्ता असफल।
साउन १ – सरकार र डा केसी पक्षबीच दोस्रो वार्ता। माग पुरा गर्ने म्यान्डेट नभएको सरकारी टोलीको भनाई। वार्ता असफल।
– राष्ट्रिय जनता पार्टी (राजपा)को ऐक्यबद्धता। माग पुरा गर्न माग।
– सरकार र डा केसी पक्षबीच फेरि वार्ता। तर, असफल।
– डा केसीको माग पुरा गर्न कांग्रेसको माग, सडक आन्दोलनको घोषणा।
साउन २ – पूर्ण म्यान्डेडसहितको टोलीसँग मात्र वार्ता गर्ने डो केसीको निर्णय।
– डा केसीलाई सिसियुमा राख्नुपर्ने अवस्था।
– नेकपा सचिवालयको आकस्मिक बैठक। डा केसीलाई काठमाडौं ल्याउने र विधेयकका विषयमा छलफल गर्ने निर्णय।
साउन ३ – डा केसीलाई काठमाडौं ल्याउन सेनाको हेलिकोप्टर जुम्लामा।
– देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द।
– डा केसीद्वारा सरकारी खर्चमा नआउने निर्णय। माग पुरा भए आफैँ आउने भनाई।
– डा केसीलाई अपहरणको शैलीमा लान लागिएको भन्दै सरकारी टोलीलाई कर्णाली अस्पताल प्रवेशमा स्थानीयको रोक।
– अस्पतालमा प्रहरीद्वारा लाठीचार्ज, अश्रुग्यास प्रहार, बल प्रयोग। डाक्टर तथा विद्यार्थी घाइते।
– प्रहरीद्वार एक प्रहरीको मृत्यु भएको भन्नै गलत हल्ला।
– अस्पतालमा झडप र विद्यार्थीमाथि दमन देखेपछि डा केसी काठमाडौं आउन राजी।
– डा केसीलाई सेनाको हेलिकोप्टरबाट काठमाडौं त्रिवि शिक्षण अस्पतालमा ल्यायएको।
– सरकारको दमनको विरोधमा डा केसीद्वार कुनै स्वास्थ्य जाँच र उपचार नगर्ने निर्णय।
साउन ४ – कर्णाली प्रतिष्ठानको घटनाको छानविन गारी दोषिलाई कारबाहीको माग, डाक्टर तथा कर्मचारीद्वारा सामुहिका राजीनामा दिने चेतावनी।
– डा केसीको समर्थनमा माइतीघरमा हजारौँले प्रदर्शन गर्ने निर्णय।
साउन ५ – डा केसीको समर्थनमा माइतीघरमा विशाल नागरिक प्रदर्शनी।
– डा केसीद्वारा काठमाडौंमा उपलब्ध उपचार सेवा नलिने अडान कायम।
– डा केसीको समर्थनमा वसन्तपुरमा साउन ६ गतेदेखि सामुहिक अनसन बस्ने घोषणा।
– डा केसीको अवस्था गम्भिर, परिणाममुखी वार्ता गर्न आग्रह।
साउन ६ – नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठद्वारा डा केसीसँग भेट। डा केसी केही बोलेनन्। डा केसीको मेडिकल टिमले यस्तै अवस्था रहे डा केसीलाई फेरि कहिले पनि भेट्न नसक्ने अवस्था आउने सक्ने भन्दै स्वास्थ्य अवस्थाको जानकारी।
– डा केसीलाई भेटिन आमाले। दुवै जना बोलेनन् तर, आँशु झारे।
साउन ७ – डा केसीका विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहालको हलुका टिप्पणी। सरकार पछि नहट्ने अडान कायमै।
– आमाको आग्रहपछि डा केसीद्वारा स्वास्थ्य जाँच गर्ने निर्णय।
साउन ८ – डा केसीका मागका विषयमा नेकपाका नेता, केदारभक्त माथेमा, माथेमा कार्यदलका अन्य सदस्य, नेपाल मेडिकाल काउन्सिलका अध्यक्ष डा धर्मकान्त बास्कोटा लगायतको छलफल।
– डाक्टरहरुको सामुहिक अनसन सुरु
– मेडिकल अध्ययनरत छात्राका विषयमा अनावश्यक टिप्पणी गरेका कानुनमन्त्रीको राजीनामा।
– सुवास नेम्वाङ, केदारभक्त माथेमा, डा दिव्यासिंह शाह, डा धर्मकान्त बास्कोटा र डा केसीका वार्ता टोलीसँग छलफल।
– सरकार र डा केसीपक्षबीच पुन वार्ता। अधिकांस बुँदामा सहमति। तर, विधेयकका विषयमा म्यान्डेट नभएपछि साउन ९ गते पुन बस्ने निर्णय।
– डा केसीको टोलीले चिकित्सा शिक्षा विधेयकका २२ बुँदामा संशोधन गर्नुपर्ने भन्दै संशोधनका बुँदा नेम्वाङलाई उपलब्ध गराइयो। नेता नेम्वाङले उक्त बुँदा प्रधानमन्त्री र प्रचण्डलाई जानकारी गराएको।
साउन ९ – डा केसीका मागका विषयमा प्रधानमन्त्री ओली, प्रचण्ड, नेम्वाङ, माथेमा, डा दिव्यासिंह र डा धर्मकान्त बास्कोटाबीच छलफल।
– वार्ता टोलीलाई माग पुरा गराउने म्यान्डेट।
– वार्ता सुरु। विधेयकका विषयमा छलफल नभएपछि वार्ता असफल।
– मध्यरातमा प्रधनमन्त्रीसहित डा केसीका पक्ष, डा दिव्यासिंह शाह, धर्मकान्त बास्कोटाको पुन छलफल। माग पुरा गर्ने निर्णय।
साउन १० – त्रिवि शिक्षण अस्पतालदेखि बालुवाटारसम्म र्याली गर्न लागेका डाक्टर तथा विद्यार्थीमाथि प्रहरी अवरोध। ३५ भन्दा बढी पक्राउ।
– बालुवाटारमा पुन छलफल। वार्ता सकारात्मक।
– सरकार र डा केसी पक्षबीच सिंहदरबारमा वार्ता। दुई बुँदाबाहेक सबै बुँदामा अनौपचारिक सहमति। डा केसीलाई जानकारी। काठमाडौंमा मेडिकल कलेज खोल्न पाइने र माथेमा प्रतिवेदनको बुँदा नपरेपछि सहमति नगर्ने डा केसीको अडान।
– पुनः बालुवाटारमा छलफल। डा केसीकै माग अनुसार विधेयकका २२ बुँदामा सहमति गर्न सरकार तयार।
– डा केसीद्वारा सहमति पत्रमा हस्ताक्षर।
– सुवास नेम्वाङ र केदारभक्त माथेमाले डा केसीलाई जुस पिलाउँदै अनसन तोडियो।
– डा केसीलाई उपचारका लागि आइसियुमा लगिएको।