काठमाडौं- आर्थिक वर्ष २०७४/७५ मा १ सय ३९ जना कर्मचारी रंगेहात घुससहित पक्राउ परेका छन्। जसमा ३ जना सहसचिव समेत छन्। त्यस्तै ८ जना उपसचिव तहका कर्मचारी छन्।
कर्मचारीलाई घुस लिन सघाउने ८ जना बिचौलियासमेत पक्राउ परेका छन्।
पक्राउ पर्नेहरुमा धेरैजसो सर्वसाधरणको सरोकार रहने मालपोत, यातायात र स्वास्थ्य जस्ता कार्यालयका कर्मचारी हुन्।
स्वास्थ्य मन्त्रालय अन्तर्गत आर्थिक वर्ष २०७४/७५ मा ६ जना कर्मचारी घुससहित रंगेहात पक्राउ परेका छन्। स्वास्थ्य सेवा विभागको उपमहानिर्देशक सहित फार्मेसी निरीक्षकसम्म पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।
आयोगका अनुसार घुससहित रंगेहात पक्राउ परेका स्वास्थ्यका कर्मचारीहरु
१. स्वास्थ्य सेवा विभागका उपमहानिर्देशक डा रमेश विक्रम सिंह – १० हजार
२. आयुर्वेद चिकित्सालयका निमित्त निर्देशक डा रामदेव साह – ३७ हजार
३. जिल्ला जनस्वास्थ्य कार्यालय झापा का ल्याब टेक्निसियन राम प्रकाश साह – २० हजार
४. जिल्ला जनस्वास्थ्य कार्यालय रौतहटका शाखा अधिकृत प्रविण कुमार झा – १ लाख
५. औषधि व्यवस्था विभाग नेपालगञ्ज शाखाका फार्मेसी निरीक्षक तपेन्द्र भट्टराई – ५० हजार
६. औषधि व्यवस्था विभाग नेपालगञ्ज शाखाका फार्मेसी निरीक्षक पुष्प राना क्षेत्री – २८ हजार