काठमाडौं– नेपाल घुम्न आउने पर्यटकको उद्धारको नाममा हुने ठगीमा १० वटा अस्पतालको संलग्नता खुलेको छ। उनीहरुविरुद्ध संगठित अपराध तथा ठगी मुद्दामा कारबाही हुने भएको छ।
पर्यटन मन्त्रालयले गठन गरेको ‘पर्यटक उद्धारसम्बन्धि छानबिन कार्यदल’ले ठगीमा संलग्नहरुलाई संगठित अपराध र ठगी मुद्दामा कारबाही गर्न सिफारिस गरेको छ। पर्यटन मन्त्रालयका सहसचिव घनश्याम उपाध्याय नेतृत्वको कार्यदलले सोमबार पर्यटनमन्त्री रविन्द्र अधिकारीलाई प्रतिवेदन बुझाएको हो।
ठगी गर्ने संस्थाहरुको नाम सार्वजनिक गरिएको छैन।
६ वटा अस्पताललाई स्वास्थ्य मन्त्रालयले छानबिन गर्नुपर्ने तथा ३ वटालाई राजश्व चुहावटमा छानबिन गर्न सिफारिस गरिएको छ। उनीहरुविरुद्ध प्रहरीले समेत ठगी मुद्दामा छुट्टै अनुसन्धान गर्ने छ।
बीमाको रकम हात पार्न पर्यटकलाई खानामा विभिन्न कुरा मिसाएर बिरामी बनाउने र हेलिकोप्टरमार्फत उद्धार गरी निकटको अस्पतालमा लगेर ठगी हुँदै आएको थियो। जसकारण नेपालको पर्यटन क्षेत्र नै बदनाम भएको थियो।
अबदेखि उद्धारको काम सबै नेपाल प्रहरीले हेर्ने भएको छ।
कार्यदलका सुझाव-
