काठमाडौं– नेकपामा सांसदहरुले डा गोविन्द केसीसँग सरकारले गरेको सहमतिअनुसार नेपाल कम्युनिस्ट पार्टीका तीनजना सांसदले चिकित्सा शिक्षा विधेयकमा संशोधन दर्ता गरेका छन्।
नेकपाका तर्फबाट सचेतक देव गुरुङ, कृष्णभक्त पोखरेल र शान्ता चौधरीले संशोधन दर्ता गराएका हुन्। उनीहरुले दर्ता गराएको संशोधन डा केसीसँग भएको सम्झौता अनुसार छन्।
यसबाहेक अन्य ५ वटा संशोधन दर्ता भएका छन्। कांग्रेस सांसद गगन थापाले पनि संशोधन दर्ता गरेका छन्। कांग्रेसकै भरत गौतम र सञय कुमार गौतमले पनि संशोधन दर्ता गराएका छन्।
त्यस्तै, राष्ट्रिय जनता पार्टीका अनिलकुमार झा, नेकपाका गंगा चौधरी सत्गौवा, लक्ष्मीकुमारी चौधरी र आशाकुमारी विकले पनि संशोधन विधेयक दर्ता गरेका छन्। त्यस्तै कांग्रेसका भरतकुमार साह र दिलेन्द्र प्रसाद बडुले संशोधन दर्ता गराएका छन्।
गत असार १६ देखि साउन १० सम्म अनसन बसेका डा केसीसँग विभिन्न विषयमा ९ बुँदे सहमति भएका थिए। जसअनुसार संसदमा दर्ता भएको चिकित्सा शिक्षा विधेयकमा विभिन्न संशोधनहरु गरिने उल्लेख छ।
यसअघि नेपाली काँग्रेसका सांसद गगन कुमार थापाले पनि यही बेहाेराको संशोधन दर्ता गराएका थिए।



