काठमाडौं – डा गोविन्द केसीलार्इ ६ दिन अाइसियुमा राखेर उपचार गरेपछि मंगलबार वार्डमा सारिएको छ।
२७ दिन लामो सत्याग्रहका कारण शरिरमा आएका विभिन्न समस्याहरुको उपचार गर्न आइसियुमा राखिएको थियो । विशेष गरी रगतमा पोटासियमको मात्रामा भएको गढबढी, रक्तचापमा आइरहने व्यापक फेरबदल र सेतो रक्तकोशिकाको संख्या निकै न्यून भएका कारण चिकित्सकको सल्लाह बमोजिम डा.केसीलार्इ आइसियुमा राखिएको थियो ।
आज गरिएको रगतको परिक्षण र इसिजिमा सुधारका संकेतहरु देखिनासाथ उहाँलाइ वार्डमा सारिएको छ ।
अझै पनि सन्तोषजनक रुपमा सेतो रक्तकोशिकाको संख्या नबढेको, रक्तचाप मेन्टेन नभएको र नसाबाट विभिन्न खाले औषधि दिइरहनु पर्ने भएका कारण अस्पातालकै मेडिसिन विभाग अन्तर्गत भर्ना गरि डा.केसीको उपचार भइरहेको छ ।
उनलाइ डिस्चार्ज गर्न अझै एक हप्ता कुर्नुपर्ने र सम्पुर्ण रुपमा निको हुन ४-५ हप्ता लाग्न सक्ने चिकित्सकहरुको भनाइ छ ।