काठमाडौं- यसअघि स्वास्थ्य राज्यमन्त्री रहेकी पद्मा अर्याल भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीमा नियुक्त भएकी छिन्।
आज विस्तारित मन्त्रीमण्डलमा उनलाई राज्यमन्त्रीबाट बढुवा गरिएको हो। स्वास्थ्यमन्त्रीमा उपेन्द्र यादव आएपछि उनलाई नयाँ जिम्मेवारी दिइएको छ।
यस्तै कानुनमन्त्रीमा नेकपाका सांसद भानुभक्त ढकाल नियुक्त भएका छन्। शेरबहादुर तामाङको राजीनामापछि रिक्त पदमा उनी नियुक्त भएका हुन्।
नयाँ मन्त्रीहरुको आजै सपथग्रहण हुँदै छ।