काठमाडौं– स्वास्थ्य राज्यमन्त्रीमा डा सुरेन्द्र यादब नियुक्त हुने भएका छन्। संघीय समाजवादी फोरमले उनलाई राज्यमन्त्रीमा पठाएको हो।
डा.यादब चिकित्सक हुन्।
स्वास्थ्य राज्यमन्त्री रहेकी पद्मा अर्याललाई भूमी व्यवस्था मन्त्रीमा बढुवा गरिएको छ। मन्त्री र राज्यमन्त्रीको आजै सपथ ग्रहण हुँदै छ। रिक्त रहेको कानुन मन्त्रालयमा नेकपाका सांसद भानुभक्त ढकाललाई जिम्मेवारी दिन लागिएको छ। शेरबहादुर तामाङले राजिनामा दिएपछि ढकाल कानुन मन्त्री बन्न लागेका हुन्।
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।